१) भरतपुरको मेयरमा रेनु दाहाललाई जिताउन पार्टीपंक्तिलाई कांग्रेस सभापति देउवाको आग्रह, २०७४ सालमा १०/१५ वर्ष गठबन्धन लैजाने भनिएको तर चितवनमै सहज नभएको प्रचण्डको तर्क । (चितवनमा गठबन्धनको संयुक्त सभा)
२) रोइकराइ गरेपछि भरतपुरमा प्रचण्ड र माधव नेपालले बोल्न पाएको एमाले अध्यक्ष केपी ओलीको आरोप, आफैं सभा गर्न नसकेर कांग्रेसको पछाडि पछाडि लागिरहेको तर्क । (एमाले अध्यक्ष ओलीको व्यंग)
३) सर्वोच्च अदालतद्वारा प्रहरी महानिरीक्षक बढुवा विवादमा अन्तरिम आदेश जारी गर्न अस्वीकार, अन्तिम सुनुवाइ आगामी जेठ १७ गतेबाट गर्ने आदेश, दुवै पक्षले लिखित जवाफ पेस गर्नुपर्ने । (अन्तरिम आदेश जारी गर्न अस्वीकार)
४) रुसी फौजले मारिऊपोल सहरको एजोभस्टाल स्टिल उद्योगमा पूर्णस्तरको आक्रमण गरेको युक्रेनको दाबी, उद्योगभित्र बाँकी रहेकाहरूको जीवनरक्षाका लागि सहायता गर्न संयुक्त राष्ट्रसङ्घलाई राष्ट्रपति जेलेन्स्कीको अपिल । (युक्रेनको दाबी)
५) र, चेल्सी क्लब किन्न गरिएको ५.३ बिलियन डलरको प्रस्ताव अस्वीकृत, प्रस्तव अस्वीकृत भए पनि चेल्सीको स्वामित्व खरिदमा अझै तयार रहेको एनियोस ग्रुपका निर्देशक क्रोटीको प्रतिक्रिया । ( चेल्सी किन्न गरिएको प्रस्ताव अस्वीकृत)