१. निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा खाता खोलेर मात्रै गर्न उम्मेदवारलाई निर्वाचन आयोगको निर्देशन, आचारसंहिता विपरीत काम गर्ने १० जनामाथि कारबाही प्रक्रिया सुरु । (निर्वाचन आयोगको निर्देशन)
२. स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसको श्रृंखलाबद्ध सभा आजदेखि सुरु, गठबन्धन अहिलेको आवश्यकता भएको सभापति शेरबहादुर देउवाको तर्क, कांग्रेसबाट कसैलाई धोका नहुने उल्लेख । (कांग्रेसको श्रृंखलाबद्ध सभा सुरु)
३. धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वली समूहद्वारा विप्लवलाई नेकपाको महासचिवबाट ‘बर्खास्त’, बास्तोला बने संयोजक, पार्टीको प्रवक्ताबाट खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई पनि हटाइयो । ( विप्लव नेकपाको महासचिवबाट हटाइए)
४. युक्रेनको द्वन्द्व समाधानका लागि अविलम्ब वार्ता र कूटनीतिक प्रयास सँगसँगै गर्नुपर्नेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जोड, युक्रेनमा भारतले शान्ति चाहेको उल्लेख । (युक्रेन द्वन्द्वबारे भारतको धारणा)
५. र, भ्रमणकारी टोली जिम्बावे ‘ए’सँगको अन्तिम टी२० अभ्यास खेलमा नेपाल ८ विकेटले विजयी, अब नेपालले शुक्रबारदेखि जिम्बावेसँग तीन एकदिवसीय अभ्यास खेल्ने । (नेपाल ८ विकेटले विजयी)