१. आईजीपी नियुक्तिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता, बुधबार सुनुवाइको पेसी तोकियो, धिरजप्रताप सिंह नै उपयुक्त देखिएकाले बढुवा गरिएको सरकारको दाबी । (आईजीपी नियुक्तिविरुद्ध सर्वोच्चमा रिट)
२. देशभर ३५३ उम्मेदवार निर्विरोध निर्वाचित, आचारसंहिता उल्लंघन नगर्न माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपालाई निर्वाचन आयोगको निर्देशन । (३५३ उम्मेदवार निर्विरोध निर्वाचित)
३. कोरोना भाइरस संक्रमण फैलिने जोखिम बढेको भन्दै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह, खोप लगाउन बाँकी रहेका विषयलाई केन्द्रमा राखेर काम सुरु गरिसकेको भनाइ । (स्वास्थ्य मन्त्रालयको अपिल)
४. भारतका प्रधानमन्त्री नरेन्द्र मोदी युरोप भ्रमणमा, भ्रमणका क्रममा युक्रेन र रुसको हमलाका कारण उत्पन्न परिस्थितिका विषयमा भारतको धारणा राख्ने । (युरोप भ्रमणमा मोदी)
५. र, मुख्य प्रशिक्षक अल्मुताइरिकै कारण क्याम्प छोडको 'विद्रोही' १० खेलाडीको भनाइ, प्रशिक्षण छाड्नुको कारणसहित एन्फालाई बुझाए पत्र (खेलाडी–प्रशिक्षक द्वन्द्व)