१. नेपाल प्रहरीको २९औं प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंहको बढुवा, बढुवाप्रति शेखर कोइरालाको विरोध, वरीयता मिचेर विधिको शासनको खिल्ली उडाइएको टिप्पणी । ( नेपाल प्रहरीको आईजीमा धीरजप्रताप सिंह)
२. गठबन्धनको निर्णय अनुसार चुनावी अभियानमा लाग्न निर्देशन, निर्वाचन आयोगका प्रमुख आयुक्त थपलियाले एमालेका अध्यक्ष ओलीको बोली बोलेको माओवादी केन्द्रका नेता वर्षमान पुनको आरोप । (वर्षमान पुनको आरोप)
३. हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय नमान्ने निजी शैक्षिक संस्थाहरुको भनाइ, विद्यार्थीहरुमा मानसिक प्रेसर पर्ने र अध्ययन पठ्यक्रम पनि समयमा नसकिने तर्क । (निजी शैक्षिक संस्थाहरुको प्रतिक्रिया)
४. संसद् बैठकमा पोर्न भिडिओ हेरेका बेलायती सांसद नेइल प्यारिसले दिए राजीनामा, ट्याक्टरको भिडिओ हेर्न खोज्दा झुक्किएर पोर्न भिडिओ आएको तर्क, आफूले गल्ती गरेको स्वीकार । (बेलायती सांसदले दिए राजीनामा)
५. र, असन्तुष्ट १० खेलाडीलाई नेपाली फुटबल टोलीमा नराख्ने भन्दै एन्फालाई मुख्य प्रशिक्षक अल्मुताइरीको पत्र, नतिजाको जिम्मेवारी आफूले लिने उल्लेख, खेलाडीहरूलाई कारबाही नगर्न पनि एन्फालाई आग्रह । (एन्फालाई अल्मुताइरीको पत्र)