१. निर्वाचन आयोगद्वारा आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लागत नमूना मतपत्र सार्वजनिक, सामाजिक सञ्जालबाट चुनाव प्रचार गर्न दल तथा उम्मेदवारले आयोगको स्वीकृति लिनुपर्ने । (नमूना मतपत्र सार्वजनिक)
२. निर्वाचन आयोगद्वारा स्वतन्त्र उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान, निर्वाचन चिह्नमा खसीको टाउकोदेखि भुइँकटहरसम्म, बालेनले पाए लौरो, भरतपुरका बागी उम्मेद्वार जगनाथ पौडेललाई भुइँकटहर । (स्वतन्त्र उम्मेदवारहरुले पाए निर्वाचन चिह्न)
३. श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र मलेसियाका गृहमन्त्री जैनुदिनबीच भेटवार्ता, नेपाली सुरक्षागार्डको तलब ३ हजार रिंगेट बनाउन प्रस्ताव । (मलेसियालाई श्रममन्त्री श्रेष्ठको प्रस्ताव)
४. गत फेब्रुअरीयता युक्रेनबाट १० लाख मानिसहरूलाई उद्धार गरिएको रुसी विदेशमन्त्रीको दाबी, युक्रेनसँग द्वन्द्वको समाधान वार्तामार्फत् खोज्ने प्रयासमा पश्चिमी सैन्य गठबन्धन नेटो बाधक रहेको आरोप । (रुसी विदेशमन्त्रीको दाबी)
५. र, घरेलु टोली नेपाल र जिम्बावे ‘ए’बीचको खेल तालिका परिमार्जन, एकदिवसीय अघि टी२० सिरिज गराउने क्यानको तयारी, तीन खेलको टी२० सिरिजपछि तीन एकदिवसीय खेल हुने । ( टी२० सिरिज गराउने क्यानको तयारी)