१) राष्ट्र बैंकका गभर्नर अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश जारी, फैसला नहुञ्जेल काम गर्न पाउने । ( अधिकारीको पक्षमा सर्वोच्चको अन्तरिम आदेश)
२) लोकतान्त्रिक समाजवादी पार्टीले सार्वजनिक ग¥यो घोषणापत्र, कांग्रेस विसंगतिहरुको पहिलो अभ्यासकर्ता भएको उल्लेख, कम्युनिस्टहरु दुई जिब्रे संगठन र जसपा माओवादी केन्द्रको भाइ भएको आरोप । ( लोसपा घोषणापत्र सार्वजनिक)
३) भरतपुरका बागी उम्मेदवार पौडेलले लिएनन् उम्मेदवारी फिर्ता, बागी उम्मेदवारी फिर्ता नलिएका उम्मेदवारसहित प्रस्तावक र समर्थकलाई पार्टीबाट निष्कासन गर्ने कांग्रेसको चेतावनी (भरतपुरमा पछि हटेनन् पौडेल)
४) संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरस युक्रेनको राजधानीमा भएको बेला दुई रुसी क्षेप्यास्त्र प्रहार, द्वन्द्व रोक्न वा अन्त्य गर्न विफल भएकोमा सुरक्षा परिषद्को आलोचना । (रुसी क्षेप्यास्त्र प्रहार)
५) र, राष्ट्रिय फुटबल टोलीमा प्रशिक्षक–खेलाडी विवाद, वरिष्ठ उपाध्यक्षसहित ४ जनाले गरे एन्फा बैठकको माग, खेलाडीहरु र मुख्य प्रशिक्षकबीच उत्पन्न विवाद अत्यन्त संवेदनशील भएको उल्लेख । ( एन्फा बैठकको माग)