१. वैशाख ३० गते सार्वजनिक बिदा दिन निर्वाचन आयोगको सिफारिस, गृहमन्त्री बालकृष्ण खाँणको ‘भरतपुर भ्रमण’ बारे निर्णय गरिने आयोगको प्रतिक्रिया, आचारसंहिताले त्यस्तो अपेक्षा नगर्ने उल्लेख । (निर्वाचन आयोगको सिफारिस)
२. कांग्रेसबाट काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएकी सिर्जना सिंहले सार्वजनिक गरिन् सात ‘स’को संकल्प, काठमाडौंलाई खाल्डाखुल्डी देख्न नपर्ने सहर बनाउने प्रतिवद्धता । (सिर्जना सिंहले सार्वजनिक गरिन् संकल्प)
३. नेपालको जीडीपी ५.४९ प्रतिशतले विस्तार भएको केन्द्रीय तथ्यांक विभागको दाबी, प्रतिव्यक्ति आय १ लाख ६४ हजार रूपैयाँ, कुल गार्हस्थ उत्पादन ४१ खर्ब ५ अर्ब बढी । (जीडीपी ५.४९ प्रतिशतले विस्तार)
४. युक्रेन युद्धमा हस्तक्षेप गर्न खोज्ने कुनै पनि देशले ‘तीव्र गतिमा’ रुसी प्रतिक्रियाको सामना गर्नुपर्ने पुटिनको चेतावनी, आवश्यक भएमा सबै खाले उपकरण प्रयोग गर्ने तर्क । (पुटिनको चेतावनी)
५. र, आफूविरुद्ध ‘विद्रोह’ गरेका खेलाडीहरुको विकल्प खोज्दै नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी, किरणको विकल्पमा भारतीय आर्मीका गोलकिपर भित्र्याउने तयारी । ( खेलाडी–प्रशिक्षक विवाद)