काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) बैतडीकी १७ वर्षीया किशोरी भागरथी बलात्कार र हत्याका दोषीलाई कारबाही गर्न प्रचण्ड–नेपाल पक्षको माग, विगतमा निर्मला पन्तको घटनामा जस्तै गैरजिम्मेवार नबन्न सरकारलाई आग्रह
२) ट्याक्सी जलाउने घटनाको विरोधमा उत्रिए काठमाण्डौ उपत्यकाका ट्याक्सी ब्याबसायी, बन्द हड्तालको नाममा ट्याक्सी लगायत सार्वजनिक यातायातका साधन तोडफोड र आगजनी गर्ने कार्य बन्द गर्न माग
३) सुकुम्बासीहरुको हातमा पुर्जा दिन सरकार आतुर रहेको भूमि व्यवस्था मन्त्री शिवमाया तुम्बाहाम्फेको दाबी, गलत मानिसको हातमा पुर्जा दिलाउन विभिन्न समुह सक्रिय हुनसक्ने भएकाले सचेत रहन सुझाव
४) म्यानमारको ‘नेसनल लिग फर डेमोक्रेसी’ कि अध्यक्ष आङ सान सुकीलाई उनकै घरमा नजरबन्दमा राखिएको एनएलडीको पुष्टि, सुकीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी
५) र, राष्ट्रिय महिला लिग फुटबलमा उपाधि दाबेदार त्रिभुवन आर्मी क्लबको फराकिलो जित, उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ९–० गोलअन्तरले पराजित, आर्मीको जितमा रश्मीको ह्याट्रिक
पूरा समाचार भिडियोमा