काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शुक्रबार काठमाडौंको नारायणहिटी संग्राहलयको गेट अगाडि जनसभा गरिरहेको छ। आमसभाका लागि देशभरबाट ओली पक्षका नेता/कार्यकर्ता काठमाडौं आइपुगेका छन्।
पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि सत्तारूढ नेकपा दुई धारमा विभाजित भएको छ। एउटा पक्षको नेतृत्व ओलीले गरिरहेका छन् भने अर्को पक्षको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन्।
सभाका लागि काठमाडौंको बागबजार, पुतलीसडक, घण्टाघर, त्रिपुरेश्वर, गौशाला, माइतीघर, लैनचौर र सोह्रखुट्टे लगायतका क्षेत्रबाट जुलुस निकालिएको थियो। जनसभामा केन्द्रीय नेताहरूले सम्बोधन गरिरहेका छन्।
जनसभा लाइभ हेर्नुहोस्-