काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) नेकपा प्रचण्ड–नेपाल पक्षले गरेको आम हड्तालप्रति नागरिकको आक्रोश, कुर्सीकै लागि सरकार र सडकमा संघर्ष चलिरहेको प्रतिक्रिया, जनतालाई सास्ती दिने काम बन्द गर्न सुझाव ।
२) फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुने नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घोषणा, आन्दोलनका लागि राजनीतिक दलहरू, नागरिक समाज र अन्य पक्षसँग कुरा भइरहेको उल्लेख ।
३) तीन हप्तामा खरिदको खोप आउने स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीको दावी, सबै समूहलाई खोप लगाइने र लगाउन नसके सबै जिम्मेवारी आफूले लिने तर्क, कोभिसिल्ड खोप खरिद हुने संकेत ।
४) म्यानमारमा सेनाको कू सफल हुन नदिन विश्व समुदायलाई संयुक्त राष्ट्र संघको आग्रह, भाँडा ठटाएर, हर्न बजाएर नागरिकको विरोध, सामाजिक सञ्जाल फेसबुक पनि बन्द गर्न निर्देशन ।
५) र, राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणको खेल तालिका सार्वजनिक, माघ २४ गतेदेखि सुरु हुने, पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले उदयपुरको चौदण्डीगढी नगरपालिकासँग प्रतिस्पर्धा गर्ने ।
पूरा समाचार भिडियोमा