काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) दफा ४३ र ४४ अनुसार नेकपा प्रचण्ड–नेपाल समूहले माग्यो निर्वाचन आयोगसँग आधिकारिता, बालुवाटार सानो टुक्रा मात्रै भएको वरिष्ठ नेता झलनाथ खनालको प्रतिक्रिया ।
२) विधानतः एकपटक मात्रै ६ महिना समयावधि थप्न पाइने व्यवस्था विपरित कांग्रेसका भ्रातृ संस्थाको पदावधि थप, संस्थापन इतर समूहको सहमतिपछि ११ संगठनको पुनः म्याद बढाइयो ।
३) सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई वार्ताका लागि तयार हुन खानेपानी मन्त्री मणि थापाको आग्रह, शान्तिपूर्ण रूपमा मुलधारको राजनीतिमासँगै हिँड्न सुझाव ।
४) म्यानमारमा सेनाद्वारा पुराना २४ मन्त्रीलाई बर्खास्त, ११ नयाँ मन्त्री थप, नयाँ निर्वाचन आयोग बनाउने घोषणा, आङ सान सुकी र राष्ट्रपति कहाँ छन् भन्नेमा धेरै बर्मेलीको चासो ।
५) र, राष्ट्रिय महिला लिग फुटबलमा स्याङ्गजाको वालिङ नगरपालिकाको सहज जित, चन्द्रपुर नगरपालिका ३–० गोलअन्तरले पराजित, जितसंगै ६ खेलमा ८ अंक जोड्दै वालिङ चौथो स्थानमा उक्लियो ।