• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

राजनीतिक परिवर्तनसँगै 'कमजोर' बन्दै नेपालगन्ज

64x64
नेपाल लाइभ बुधबार, पुस १२, २०७४  १४:३९
1140x725

नेपालगन्ज- तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएर क्षेत्रीय कार्यालयहरु सुर्खेत सार्ने उर्दी जारी गरेसँगै कमजोर बन्न थालेको नेपालगन्ज त्यसपछिका हरेक ठूल्ठुला राजजीतिक परिवर्तनपछि निरन्तर कमजोर र उपेक्षित सहर बन्दै गएको छ।

नेपालगन्जमा रहेका धेरै सरकारी कार्यालय ज्ञानेन्द्रले शासनको बेला बलपूर्वक सुर्खेत सारिएका थिए। नेपालगन्जको राँझामा रहेको नेपाली सेनाको पृतना हेडक्वाटरदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको क्षत्रीय कार्यालय पनि सुर्खेत गए। जब यहाँका क्षेत्रीय तहका कार्यालय सुर्खेत सारियो, तब नेपालगन्ज कमजोर र निरीह बन्दै गयो। तर पनि नेपालगन्जले त्यसको विरोध गर्न सकेन। 

राजाको प्रत्यक्ष शासन सकियो। गणतन्त्र नेपाल घोषणा भयो। त्यसको केही समयपछि सुरु भएको मधेस आन्दोलनको उद्गमबिन्दु भने नेपालगन्ज नै बन्न पुग्यो।

वर्षौंदखि मिलेर बसेका पहाडी र मधेसी समुदायबीच भएको सानो झगडाले उग्र रुप लिँदा नेपालगन्ज सहरमा आगजनी र लुटपाट मच्चियो। अर्बौं धनमालको क्षति भयो। त्यससँगै पहाडी र मधेसी समुदायबीच अविश्वास र तिक्तता बढ्दै गयो। पछिल्ला वर्ष त्यो अविश्वासमा भने केही कमी आएको छ। 

मुलुक अहिले संघीयता कार्यान्वयनको प्रयासमा छ। तर प्रदेश निर्माण गर्दा नेपालगन्जलाई थप कमजोर र निरीह पारियो। कर्णालीदेखि सुर्खेतसँगको नेपालगन्ज सम्बन्धलाई तोडेर नवलपरासीसम्म जोडेर प्रदेश बनाइयो। जसका कारण नेपालगन्ज यतिबेला भूमिकाविहीन अवस्थामा पुगेको छ।

डेढ दशक पहिलेसम्म पश्चिम नेपालका २४ जिल्लाको केन्द्र, नेपालकै प्रमुख औद्योगिक र व्यापारिक सहर नेपालगन्ज अहिले प्रदेश राजधानीका लागि चर्चामा समेत पर्न नसक्ने गरी ओझेलमा परेको छ।

२०४६ पछि भएका केन्द्रीय तथा स्थानीय निर्वाचनमा नेपालगन्जवासीले कांग्रेस, राप्रपा,  एमाले, मधेसवादी दललाई पालैपालो जिताए। नेपालगन्जबाटै सुशील कोइराला प्रधानमन्त्री बने। माओवादीबाहेक अन्य पार्टीका नेताहरु मन्त्री पनि बने तर उनीहरुले नेपालगन्जका कुनै प्रभावकारी काम गरेनन्। प्रशस्त सम्भावना हुँदाहुँदै पनि नेपालगन्जमा त्यो टर्दैटर्दै गयो।

अलपत्र विकास निर्माण
नेपालगन्जको विकाससँग जोडिएको सुक्खा बन्दगरगाह निर्माण सुरु भएको एक दशक बितिसक्दा पनि अपलत्र अवस्थामा छ। नेपालगन्ज विमानस्थललाई स्तरोन्नति गरेर अन्तर्राष्ट्रिय स्तरको बनाउने काम सुरुसम्म हुन सकेको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

यहाँ विशेष औद्योगिक क्षेत्र निर्माण गर्ने कार्य कुरामा मात्रै सीमित छ। विश्वविद्यालय स्थापनाका लागि गरिएको प्रयास पनि सफल हुन सकेको छैन।

स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि गाउँगाउँमा सिंहदरबार पुग्ने चर्चा भइरहेको छ। जो, जनतालाई सहज र सुलभ रुपमा सेवासुविधा पुर्याउने सरकारी र प्रशासनिक कार्यालयहरू गाउँगाउँमा पुग्नु हो। तर प्रदेश सरकारको गठनसँगै नेपालगन्ज-कोहलपुरमा रहेका क्षेत्रीय तहका कृषि तथा पशुसँग सम्बन्धित करिब एक दर्जन कार्यालय ६ नम्बर प्रदेशको प्रस्तावित राजधानी सुर्खेत सर्ने सम्भावना प्रबल बन्दै गएको छ।

नेपालगन्जको मुटु मानिएको धम्बोझी चोकमा रहेको नेपाल राष्ट्र बैंकको नेपालगन्ज शाखादेखि क्षेत्रीय ट्राफिक कार्यालय, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाका क्षेत्रीय स्तरका तालिम केन्द्रहरु पनि सर्ने सम्भावना देखिन्छ।

५ नम्बर प्रदेशको नेपालगन्ज-कोहलपुर तथा बुटवल-भैरहवा दुवै ठाउँमा राष्ट्र बैंक तथा सुरक्षा निकायका तालिम केन्द्रहरु र क्षेत्रीय स्तरका ट्राफिक लगायत अन्य कार्यालय भए पनि सुर्खेतमा त्यस्ता कार्यालय छैनन्। जसका कारण ती कार्यालय सुर्खेतमा स्थापना गर्दा नेपालगन्ज-कोहलपुरबाटै सारिने प्रबल सम्भावना छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बुटवल-भैरहवा पछिल्ला दिन सम्पन्न बन्दै गएको सहर हुन्। ५ नम्बर प्रदेशबाट पहाडी जिल्ला टुक्र्याउने गरी प्रादेशिक संरचनाको फेरबदल गर्दा बुटवलवासीले आन्दोलनकै बलमा प्रादेशिक संरचना फेरबदल गर्ने सरकारी निर्णयलाई उल्ट्याइदिएका थिए।

बुटवल-भैरहवालाई ५ नम्बर प्रदेशको राजधानी बनाउने यहाँका नेता र स्थानीय लबिङमा जुटेका छन्। राजधानी बन्यो भने त्यहाँका क्षेत्रीय कार्यालयहरु अन्य स्थानमा सर्ने सम्भावना नै हुँदैन। राजधानी हुन नसक्ने अवस्था आए पनि बुटवलमा रहेका क्षेत्रीय कार्यालय अन्य स्थानमा सार्न बुटबलवासीले त्यति सजिलै दिन सम्भावना देखिँदैन। जसका कारण नेपालगन्ज कोहलपुरमै रहेका क्षेत्रीय स्तरका कार्यालयसँग सर्ने सम्भावना बढी देखिन्छ।

नयाँ कार्यालय स्थापना हुनु त कता हो कता भएका कार्यालय पनि एकपछि अर्को  सर्दैसर्दै जान थालेपछि नेपालगन्ज झन् कमजोर र निरीह बन्ने निश्चित छ। अहिलेकै अवस्थामा आगामी एक दशकसम्म दृढ इच्छाशक्ति र प्रस्ट भिजन भएका राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने नेता नेपालगन्जले पाउन सक्ने सम्भावना निक्कै न्युन छ।

राजनीनिक पहुँच र प्रभावबिना नेपालगन्जले विकास र समृद्धिको बाटोमा फड्को मारेर आफ्नो पुरानो विरासत फर्काउन सक्ने सम्भावना पनि देखिँदैन। 

प्रकाशित मिति: बुधबार, पुस १२, २०७४  १४:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कहाँ छन् रवि लामिछाने?
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ?
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्