काठमाडौं– १० वर्षीया बालिकालाई बलात्कार प्रयासको आरोपमा ललितपुरमा ८४ वर्षीय वृद्ध पक्राउ परेका छन्। सैंबु बस्ने टेकबहादुर बस्नेतलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।
सैंबुको पुरानो खोकनास्थित आफ्नै गाई फार्ममा उनले बालिकलाई बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ। स्कुलबाट फर्किएकी बालिकालाई फकाएर गाई फार्मको शौचालयमा लगेर बलात्कार प्रयास गरेको उजुरी परेको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नरेन्द्र चन्दले बताए।
पक्राउ परेका बस्नेतलाई जर्बजस्ती करणी उद्योग मुद्दामा परिसरले कारबाही अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।