काठमाडौं– पेशेवर रुपमै जुवा खुल्ने १९ जना मंगलबार काठमाडौंमा पक्राउ परेका छन्।
चप्पल कारखाना बस्ने खोटाङको सिमनी घर भएका ६० बर्षीय नरेन्द्र राईको डेरामा जुवातास खेलिरहेका राई समेतका ११ जनालाई पक्राउ गरेको छ। प्रहरीले मंगलबार नगद २ लाख ६७ हजार २ सय रुपैयाँ र ४ बुक तास समेत बरामद गरेको छ। राईले आफ्नो डेरामा नियमित रुपमा जुवा खेलाउने सूचनाका आधारमा प्रहरीले छापा हानी उनीहरुलाई पक्राउ गरेको हो।
यसैगरी काठमाडौँ महानगरपालिका–१९ ताम्सिपाखा डेरा गरी बस्ने मकवानपुरको हेटौडा उपमहानगरपालिका–६ घर भएका ४१ बर्षीय राजेन्द्र तामाङको कोठामा जुवातास खेलिरहेका तामाङ सहित ८ जनालाई प्रहरीले मंगलबार नगद १९ हजार ४ सय ५० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको छ । राजधानीमा पेशेवर रुपमै जुवा खेलाइने दर्जनौं गोप्य अखडाहरु संचालनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।