रसुवा– भूकम्पमा परी ज्यान गुमाएकाको सम्झनामा सञ्चालन गरिएको ८ दिने नेपाल पदयात्रा मंगलबार सम्पन्न भएको छ।
जिल्लाको उत्तरगया गाउँपालिकास्थित मैलुङबाट सुरु गरिएको पदयात्रा तिरु, ठुलोहाकु, गत्लाङ, नागथली, थुमन हुँदै स्याफ्रुबेसीमा आएर सम्पन्न भएको हो।
भूकम्पबाट पीडित भएकाहरुको मनमा हौसला प्रदान गरी पुनर्निर्माणलाई तीव्रता दिन सबै निकायलाई झकझकाउने उद्देश्यले योङ्ग डुक्पा एसोसिएसन नेपाल र लिभ टु लभ इन्टरनेसनलले पदयात्रा आयोजना गरेका हुन्। भूकम्पबाट रसुवामा ६ सय ८२ जनाले ज्यान गुमाएका थिए।
पदयात्राका क्रममा जिल्लाका विभिन्न स्थानका गुम्बामा मृतात्माको चीरशान्तिको कामना गर्दै पूजापाठ, प्रवचन, मोलङ वाङ गरिएको आयोजकले जनाएका छन्। ढुक अमिताब माउन्टेन सेतो गुम्बा रामकोट काठमाडौंका प्रमुख धर्मगुरु खामटुल रिन्पोछेको नेतृत्वमा भएको पदयात्रामा ७० भिक्षु–भिक्षुणी र नेपाली तथा विदेशी गरी एक सय ५० जनाको सहभागिता थियो।
पदयात्रा समापनका केही झलकहरु:







नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।