काठमाडौं– राजधानीमा लुटपाटमा संलग्न ५ जनाको समूह समातिएको छ। सोमबार कालिमाटी प्रहरीले कंलकीबाट लुटपाटमा संलग्न समूहलाई पक्राउ गरेको हो।
सिन्धुलीको भञ्ज्याङ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने २५ वर्षीय निरबहादुर दमाई लगायत ५ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो।
कंलकी खसीबजारस्थित सडकबाट बा.३ ख १६४७ नम्बरको बसमा सवार काठमाडौं बल्खु बस्ने बाराको गढीमाईका २४ वर्षीय श्यामकुमार गुप्ताको मोबाईल र पर्स लुटी भाग्ने क्रममा बल्खु नजिक सडकबाट पक्राउ गरिएको महानगरीय प्रहरी बृत्त कालिमाटीको जनाएको छ। उनीहरु सार्वजनिक यातायातमा पकेटमारी गर्ने समूह समेत भएको खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।