• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन २७, २०८३ Wed, Aug 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

सरकारी कामको लोभ देखाएर दुई महिनासम्म कतारको तातो कोठामा 'बन्धक'

64x64
नेपाल लाइभ शुक्रबार, असार ६, २०७६  ११:०३
1140x725

काठमाडौं– वैदेशिक रोजगारीबाटै परिवारको जीविका धान्दै आएका खोटाङ ऐँसेलुखर्क गाउँपालिका २ का कृष्णकुमार पुरी साउदी पुगेर भर्खरै नेपाल फर्किएका थिए। पहिलो पटक रेस्टुरेन्टमा वेटर कामका लागि कतार पुगेका उनी सन्तुष्ट हुन सकिरहेका थिएनन्। सोचे जस्तो कमाइ नभएपछि घर फर्किए, र लगत्तै साउदी पुगे। साउदीमा दूध डेरीको काम सन्तोषजनक नै थियो।

‘मासिक १२ सय साउदी रियाल कमाइ थियो, मान्छेलाई जति पैसा भए पनि नपुग्ने,' निराशा मुद्रामा उनी भन्छन्, 'त्योभन्दा अझै बढी हुन्छ कि भन्ने सोचियो।’

वैदेशिक रोजगारबाहेक अरु आम्दानीको विकल्प नभएपछि विदेश जानैपर्ने बाध्यता थियो पुरीको। साउदीस्थित डेरीमा भन्दा अझ बढी कमाइ हुने कम्पनीको खोजीमा थिए उनी। एकदिन उनले पत्रिकामा राम्रो कामको माग आएको विज्ञापन देखे। विज्ञापन गर्ने कम्पनी थियो, शुभम ओर्भसिस म्यानपावर। 

पुरी कामको मागबारे बुझ्न सुभम म्यानपावर पुगे। त्यहाँ उनलाई कतारस्थित बलदिया सरकारी कम्पनीमा क्लिनर कामको माग आएको सुनाइयो। सरकारी कम्पनी भनेपछि उनी लोभिए।

तलब पनि ८ घन्टाको २२ सय रियाल। ओभर टाइम सुविधा भएकाले उनीसँगै खोटाङकै खड्गकुमार पुरी, शंकर वन र लोकनाथ गिरी पनि कतार जान तयार भए। 

सबैलाई कतार जानका लागि प्रतिव्यक्ति ४ लाख २० हजार लागत लाग्ने सुनाइयो। 

वैदेशिक रोजगारीमा आउनेजाने गरिरहने भएकाले म्यानपावरलाई बुझाउन उनीहरुले पसिनासँग साटेर ल्याएको पैसा थियो। ‘मासिक २२ सय कतारी रियाल कमाइ हुने भएपछि ४ लाख त छिट्टै कमाइ भइहाल्छ नि भन्ने सोचियो अनि बुझाइयो,’ अलपत्र परेर फर्किए अर्का पीडित खड्गकुमार पुरीले सुनाए। 

चारै जनाले प्रतिव्यक्ति ४ लाख २० हजार सजिलै दिए। र, २०७५ भदौको अन्तिम साता उनीहरु कतारका लागि उडे। 

nimb
nimb
Ncell 2
Ncell 2

काम न माम!
कतार पुर्‍याएर सबैलाई एउटै कोठामा राखियो। 

‘सुरुका डेढ महिनासम्म त खानेबस्ने पनि राम्रै व्यवस्था थियो। त्यसपछि न काम दिन्छ, न खाना,' खड्गकुमार सुनाउँछन्, 'साथी र आफन्तहरुसँग सम्पर्क गरेर खाना खाने पैसा मागेर बाँचियो।’ 

म्यानपावरका सञ्चालक बुद्धि बस्यालले भने उनीहरुलाई भोलिभोलि भनेर झुलाइरहेका थिए। कतारको तातो कोठामा २ महिनासम्म बस्नुपर्दा उनीहरु 'बन्धक'झैं बनिसकेका थिए। तब मात्रै उनीहरुले आफूहरु फसेको बारे यताउता खबर गर्न थाले।

उनीहरु चारै जनाको यो पहिलो पटकको वैदेशिक रोजगारी भने होइन। कृष्णकुमार पुरीको यो विदेश तेस्रो यात्रा हो भने खड्गकुमार पुरी, शंकर वन र लोकनाथ गिरीको दोस्रो यात्रा थियो। 

योभन्दा अगाडी उनीहरु रोजगारीका लागि कतार पुगेका थिए।

बलदिया कम्पनी राम्रो भएकाले आफूहरुले म्यानपावर कम्पनीको विश्वास गरेर प्रतिव्यक्ति ४ लाख २० हजार बुझाएको उनीहरु बताउँछन्। 

डेढ महिनासम्म खानबस्न दिए पनि त्यसपछिका दिनहरुमा उनीहरुलाई कतार पुर्‍याउने म्यानपावरका व्यक्ति र रिसिभ गर्ने एजेन्टले फोन उठाउन छाडे। आफूहरुलाई बेवास्ता गरेर अलपत्र पारेपछि दूतावास लगायतका निकायमा उनीहरुले खबर गरे। 

'आफन्तहरुलाई केही रकम मगायौं। बल्लतल्ल केही रकम म्यानपावरले पठाएपछि मात्रै मंसिरको पहिलो साता नेपाल फर्कन सफल भयौं,' उनीहरु भन्छन्।

कतारबाट अलपत्र परेर फर्किएका पीडितहरुले म्यानपावर कम्पनीविरुद्ध  वैदेशिक रोजगार विभागमा ठगीको उजुरी दिएका थिए। सोही उजुरीका आधारमा शुभम म्यानपावर कम्पनीका सञ्चालक बुद्धि बस्याललाई विभागले पक्राउ पुर्जी जारी गरेसँगै उनी पक्राउ परेका छन्। 

नेपाल लाइभसँगको कुराकानीमा भने उनले आफूले जानीजानी ठगी नगरेको जिकिर गरेका छन्। ‘कामदारहरुलाई कामकै लागि कतार पठाउँदा भनेजस्तो भएन त के गर्ने,’ प्रहरी हिरासतमा रहेका बस्यालले ठाडो जवाफ दिए। 

वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाई राम्रो काम र कमाइको प्रलोभन देखाएर म्यानपावर कम्पनीहरुले कामदार ठग्ने प्रवृत्ति बढ्दै गएको बताउँछन्। ‘कामदारहरुलाई एउटा काम भनेर अर्कै काममा पुर्‍याउने, काममा नपुर्‍याइ अलपत्र पार्ने समस्या बढी आउने गरेका छन्,' उनले भने, 'यसरी ठगी गर्ने म्यानपावर कम्पनीहरुलाई अनुसन्धान गरी कारबाही गरिरहेका छौं।’

विभागले पीडितहरुको ठगिएको प्रमाणका आधारमा क्षतिपूर्ति उपलब्ध गराउँदै आएको छ। पीडित र पीडक दुवै पक्षलाई सँगै राखेर छलफल गराई पीडित पक्षको क्षतिपूर्ति उपलब्ध गराउने विभागले जनाएको छ। 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०७६  ११:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज लाग्दैछ दुर्लभ सूर्यग्रहण, कुन कुन क्षेत्रबाट देखिन्छ ?
सुदूरपश्चिममा सत्ता परिवर्तनको तयारी, मुख्यमन्त्री शाहले भोलि राजीनामा दिने
यस्तो रहनेछ आज देशभरको मौसम
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आज लाग्दैछ दुर्लभ सूर्यग्रहण, कुन कुन क्षेत्रबाट देखिन्छ ? बुधबार, साउन २७, २०८३
सुदूरपश्चिममा सत्ता परिवर्तनको तयारी, मुख्यमन्त्री शाहले भोलि राजीनामा दिने बुधबार, साउन २७, २०८३
यस्तो रहनेछ आज देशभरको मौसम बुधबार, साउन २७, २०८३
सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु बुधबार, साउन २७, २०८३
शरीरमा आयोडिनको कमी हुँदा कस्ता समस्या देखिन्छन्? बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनसँग पूर्वमुख्यसचिव कोइरालाले मागे सूचना मंगलबार, साउन २६, २०८३
साँझको ड्युटी सकेर जुवाखाल छिरेका प्रहरीका सई च्याप्पै समातिए मंगलबार, साउन २६, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु मंगलबार, साउन २६, २०८३
शशांकको माग अस्वीकार गर्दै कांग्रेस संस्थापनले भन्यो– महाधिवेशन नगरे पार्टी अवैधानिक हुन्छ मंगलबार, साउन २६, २०८३
एकपटकको नेता, सधैं नेता : रोहितलाई क्यानको भावुक बिदाइ मंगलबार, साउन २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून् अनिकेत तिवारी
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्