• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन २६, २०८३ Tue, Aug 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

डा. विमल अर्थात् आधुनिक दधिचि

64x64
धर्मेन्द्र विह्वल मंगलबार, साउन २६, २०८३  १६:३२
1140x725

न पहाडी, न मधेसी ,न हिमाली लेखियोस् । 
म मरे पनि मेरो पहिचान नेपाली लेखियोस् । 
पुर्खाको नाम लेख्नुपर्दा जनक र बुद्ध लेखिदिनु ।
 उचाई मेरो लेख्नलाई सगरमाथा देखाइदिनु 
घरबार मेरो मेचीदेखि काली लेखियोस् । 
न पहाडी, न मधेसी, न हिमाली लेखियोस् ।

यो कविता छोडेर कवि सदाका लागि बिदा भएका छन् । 
डा. राजेन्द्र प्रसाद विमल नेपाली र मैथिली भाषा, साहित्य तथा प्राज्ञिक जगतका अद्वितीय र बहुआयामिक व्यक्तित्व । कम्तिमा मैथिली साहित्यको चर्चा उनको अभावमा पुरा हुन सक्दैन । उनले आफ्नो सम्पूर्ण जीवन भाषा, साहित्य, संस्कृति र राष्ट्रिय एकताको श्रीवृद्धिमा समर्पित गरे ।

नेपाली तथा मैथिली दुवै भाषाका सिद्धहस्त स्रष्टा, भाषाविद्, निबन्धकार, कवि, गीतकार, गजलकार, कथाकार, अनुसन्धानकर्ता प्राध्यापक डा. विमलले दुई भाषाबीच सेतुको काम गर्दै नेपाली साहित्यको भण्डारलाई समृद्ध बनाउने काम त गरेका छन् नै भाषा, साहित्य र संस्कृतिका माध्यमबाट हिमाल, पहाड र तराई जोड्ने योजकको भूमिका पनि निर्वाह गरेका छन् ।

उनी नेपाली र मैथिली भाषा साहित्यका मात्र उदभट् वि“दन होइनन् अंग्रेजी साहित्यका अतिरिक्त भारतीय उपमहादिपका अन्य थुप्रै भाषाका जानकार पनि हुन । सारमा, नेपाली राष्ट्रियता प्रवर्द्धन एक सदावहार संयोजक र अभियन्ता हुन । सारमा उनको परिचय यही हो र रहनेछ ।

विमल सरले आज हामीबीचबाट सदाका लागि महाप्रस्थान गरेका छन् । सोमवार -हिजो) अबेर राति जनकपुरस्थित घरमै रहेर छोरा–नातीसँग कुरा गर्दै तेस्रो पुस्तासँग खेलिरहेका विमल सरको शरीरमा अचानक केही परिवर्तन देखियो । उनी अस्वस्थ भए । उनलाई जनकपुर प्रदेश अस्पताल लगियो । उपचारकै क्रममा अस्पतालमै मंगलबार एकाबिहानै उनले महाप्रस्थान गरेको उनको परिवारका सदस्यले जानकारी दिएका छन् । केहीवर्ष पहिले पत्नी वियोगको पीडा सहेका विमलले त्यसपछि  एक्लोपनाको अनुभव गर्दैआएका थिए । डा. विमलले यस धरामा दुई पुत्र र एक पुत्री छोडेर गएका छन् ।

डा विमल के हुन/थिए ? उनको परिचयका सम्बन्धमा कसरी चर्चा गर्ने ? कुरोको प्रारम्भ कहाँबाट र कसरी गर्ने भन्न बडा गाह्रो छ । यो पंक्तिकारले उनको सान्निध्यमा रहेर आशीर्वाद पाउने शोभाग्यप्राप्त ग¥यो । २०४२ सालदेखि ०५२ सम्म जनकपुरधमस्थित राराव क्याम्पसमा अध्ययनरत रहँदा झाँगिएको डा. विमलसँगको सम्बन्ध उनको मृत्युको पूर्वसन्ध्यासम्म निकट रह्यो । उनी मेरालागिनिःस्वार्थी अभिभावकका रुपमा प्रस्तुत भए ।

साहित्य लेखनमा डा. विमलबाट प्रोत्साहन प्राप्त गरेकोमा आज नेपाली र मैथिली साहित्य तथा पत्रकारितामा जे जस्तो अवस्थामा छु, डा. विमलको महत्वपूर्ण योगदान छ । मैथिली साहित्यको दधिचिका रुपमा स्वीकृत डा. विमल भाषा र साहित्यका प्रत्येक क्षेत्र र विधामा विज्ञ थिए । इतिहास र संस्कृति उनको रुचीको विषय थियो ।

मिथिला संस्कृति र जनक दर्शनका जानकार उनले जीवनको अन्त्यतिर बुद्ध दर्शनको अध्ययनमा समेत रुची देखाएर विश्वविद्यालयको औपचारिक शिक्षा ग्रहण गरेका थिए । मैथिली साहित्यका जीवित …इनसाइक्लोपिडियाका रुपमा चिनिने विमल सर भाषा साहित्यसँग सम्बन्धित सबै समस्याका समाधान थिए । अब त्यस्ता समस्याको समाधान कसले गरिदिन्छ ? थाहा छैन ।

nimb
nimb
Ncell 2
Ncell 2

मिथिला नाट्यकला परिषदका अध्यक्ष संस्कृतिकर्मी सुनीलकुमार मल्लिक भन्छन्– लामो समयसम्म यो रीक्तता कायम रहने निश्चित छ । डा. विमलले यो पंक्तिकारको पुस्तकाकार पहिलो कृति मैथिली कविता संग्रह रस्तात कैत जिनगी -२०५१) को भूमिका लेखेर आशिर्वाद दिएको हिजोजस्तो लाग्छ ।

डा. विमलको जन्म जनकपुरको देवी चोकमा २६ मार्च १९६७ -२००३ चैत १३) मा भएको थियो । उनलाई नजिकबाट चिन्नेहरुका अनुसार बाल्यकालदेखि नै बहुभाषिक र बहुसांस्कृतिक वातावरणमा हुर्किएका विमलमा सानै उमेरदेखि भाषा र साहित्यप्रति गहिरो चासो र अभिरुचि थियो ।

उनका परिवारका सदस्यका अनुसार उनले आफ्नो प्रारम्भिक र माध्यमिक शिक्षा जनकपुरबाटै तथा उच्च शिक्षा काठमाडौँबाट पूरा गरे । अध्ययनका क्रममा उनी नेपाली, मैथिली, हिन्दी र अंग्रेजी भाषामा सिद्धहस्त बने । उनले बनारस हिन्दू विश्वविद्यालयबाट भाषा विज्ञानमा विद्या वारिधिको उपाधि हासिल गरेका थिए ।

उनको विद्यावारिधिको शोधपत्रको विषय –मैथिली, नेपाली र हिन्दीभाषाको रूप विज्ञानको तुलनात्मक अध्ययन रहेको छ जो भाषा विज्ञानका क्षेत्रमा एक महत्वपूर्ण ऐतिहासिक दस्तावेज मानिन्छ । डा. विमलले लामो समयसम्म त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरे । यो पंंक्तिकार उनको विद्यार्थी भएकोमा गौरवानुभूत गर्दछ ।

मैथिली विकास कोष जनकपुरधामका संस्थापक अध्यक्ष रहेका विमलका लेख, रचना र साहित्य विषयक अनुसन्धानहरू विद्यालयदेखि स्नातकोत्तर तहसम्मका पाठ्यक्रमहरूमा समावेश छन् । मैथिली विकास कोषका वर्तमान अध्यक्ष समाजसेवी जीवनाथ चौधरीका अनुसार, कुनै विमति छैन एक गुरुका रूपमा उनले नयाँ पुस्ताका थुप्रै साहित्यकार, पत्रकार र भाषाविद्हरू तयार पारेर यो क्रम नेपाली र मैथिली दुबै भाषामा समानान्तर रुपमा जारी रह्यो । 

डा विमलका विद्यार्थी नेपाल सरकारका वरिष्ठ कर्मचारी प्रदीप कुमार कोइराला भन्छन्–डा.विमल बहुविधागत प्रतिभाका धनी थिए, यसमा शंका छैन। उनले मैथिली र नेपाली दुवै भाषामा कविता, कथा, निबन्ध, समालोचना र रूपान्तरण/अनुवादका क्षेत्रमा कलम चलाएका छन् । उनले मैथिली र नेपाली साहित्यमा समान योगदान पुर्‍याएका छन् ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व परिषद सदस्य प्राज्ञ रमेश रञ्जनका अनुसार मैथिली भाषा र साहित्यको आधुनिक पुनर्जागरणमा डा. विमलको स्थान उच्च छ । उनले मैथिली भाषामा आधुनिक चेतना, सामाजिक यथार्थवाद र दार्शनिक गम्भीरता भरेका छन् ।

मैथिलीभाषा साहित्यका अध्येता विराटनगरवासी प्रवीण नारायण चौधरीका अनुसार मैथिली भाषामा थुप्रै कथा, निबन्ध र कविताहरू प्रकाशित भएका डा विमलले मैथिली भाषा आन्दोलन र मिथिलाको लोक संस्कृतिको संरक्षणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

राराव क्याम्पस जनकपुरका उनका विद्यार्थी रत्ना रायमाझीका अनुसार डा. विमलको योगदान मैथिली साहित्यको उन्नयनमा मात्र छैन बरु नेपाली साहित्यमा पनि उनले महत्वपूर्ण योगदान पुर्‍याएका छन् । यस्तै डा. विमलका चेला साहित्यिक स्रष्टा दिनेश पौडेल गरीव पनि क्याम्पसकालीन दिनको स्मरण गर्दै डा विमललाई सम्झन्छन् । उनी भन्छन्–नेपाली भाषामा डा. विमलका उत्कृष्ट कृतिहरू छन् ।

उनले नेपालीकथा, निबन्ध र समालोचना क्षेत्रमा विशिष्ट पहिचान बनाएका छन्। कोइराला थप्छन्– उनका कथाहरूमा सामाजिक असमानता, मानवीय संवेदना, सांस्कृतिक घुलमिल र तराई–पहाडबीचको भावात्मक सम्बन्धको प्रष्ट बोध गर्न सकिन्छ । डा विमलको सम्झना अनुवाद साहित्यका लागि पनि गर्नुपर्ने हुन्छ ।

नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष भाषा अभियन्ता पुरन गुप्ताका अनुसार विश्व साहित्य र मैथिलीका उत्कृष्ट रचनाहरूलाई नेपालीमा तथा नेपाली साहित्यका उत्कृष्ट रचनालाई मैथिलीमा अनुवाद गरी साहित्यिक भाइचारा अभिवृद्धि गर्न पनि उनको ठूलो भूमिका छ ।

माथि पनि चर्चा गरियो, डा. विमल साहित्यिक स्रष्टामात्र नभई एक प्रखर भाषाविद् र सांस्कृतिक चिन्तक पनि हुन् । मैथिली भाषा, साहित्य र संस्कृतिलाई नेपालभित्रै र विदेशमा चिनाउन डा विमलले महत्वपूर्ण योगदान पुर्‍याएका छन् । राष्ट्रिय एकताका पक्षधर डा. विमलले आफ्ना लेख तथा वक्तव्यहरूमा सधैँ नेपालको बहुभाषिक र बहुसांस्कृतिक विविधतालाई राष्ट्रिय शक्तिको रूपमा प्रस्तुत गर्ने गरेका थिए ।

डा.विमलले विश्वविद्यालयको औपचारिक पदभन्दाबाहेक राज्यबाट कहिल्यै कुनै पहिचान पाएनन् । यो देशकै लागि दूर्भाग्य हो । उनलाई पद,पैसा र प्रभावको कहिल्यै मतलब भएन । उनले लिने कुरामा कहिल्यै विश्वास गरेनन् र लिएनन् पनि । तर उनले आफूले सकेको सँधै दिए र दिइ नै रहे । उनी कहिल्यै पनि रित्तिएनन् । यस अर्थमा डा. विमल आधुनिक दधिचि हुन् भन्दा अन्यथा ठहर्दैन ।

राज्यले खासै महत्व नदिए पनि साहित्यिक र प्राज्ञिक क्षेत्रमा पु¥याएकोे अतुलनीय योगदानको कदर गर्दै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूले उनलाई उच्च सम्मान र पुरस्कार प्रदान गरेका छन् ।

जिवीत छँदा राज्यले उनलाई यथोचित ढंगले सम्झन नसकेको पीडा उनको समस्त प्रशंसकको पीडा हो । न त उनी कहिल्यै नीति निर्माण तहमा गए न त भाषिक उन्नयनका क्षेत्रमा राज्यको औपचारिक निकायको हिस्सा बन्न सके, तर उनलाई यसको क्षोभ कहिल्यै रहेन । अब उनको जीवनलाई भविष्यका पुस्ताका लागि कसरी स्मरणयोग्य बनाउने ? निश्चय राज्यको पनि दायित्व हो । हेर्नु छ, राज्य र राज्यका निकायले यस सम्बन्धमा आफ्नो दायित्व कसरी निर्वाह गर्छ । हार्दिक श्रद्धा सुमन गुरुवर ।

प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३  १६:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धर्मेन्द्र विह्वल
लेखकबाट थप
डा. विमल अर्थात् आधुनिक दधिचि
सम्बन्धित सामग्री
डा. विमल अर्थात् आधुनिक दधिचि मैथिली विकास कोष जनकपुरधामका संस्थापक अध्यक्ष रहेका विमलका लेख, रचना र साहित्य विषयक अनुसन्धानहरू विद्यालयदेखि स्नातकोत्तर तहसम्मका... मंगलबार, साउन २६, २०८३
त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून् उपकुलपति ज्यू, विद्यार्थीलाई प्रविधिसँग जोड्ने र विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउने कुरा त्रिविको दृष्टि–२०३० मा छ। तर कक्षामा आउ... मंगलबार, साउन २६, २०८३
नेपाल महिला संघको अबको भूमिका के? दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, अपाङ्गता भएका र दुर्गम क्षेत्रका महिलाहरूलाई संघको नीति निर्माण र निर्णायक तहमा अनुपातिक र सम्... शनिबार, साउन २३, २०८३
ताजा समाचारसबै
शेखर गोल्छासँग एक करोड धरौटी माग मंगलबार, साउन २६, २०८३
माधव नेपाल प्रतिवादी भएको भ्रष्टाचार मुद्दामा साक्षी झिकाउने आदेश मंगलबार, साउन २६, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु मंगलबार, साउन २६, २०८३
सुनसरी–सिरहा घटनामा मारिएका चार जनालाई सहिद घोषणा मंगलबार, साउन २६, २०८३
एकपटकको नेता, सधैं नेता : रोहितलाई क्यानको भावुक बिदाइ मंगलबार, साउन २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
रविका ‘राइट ह्यान्ड’ दीपक बोहोराले गरिरहेको संकेत के हो ? सोमबार, साउन २५, २०८३
प्रधानमन्त्री बालेनसँग पूर्वमुख्यसचिव कोइरालाले मागे सूचना मंगलबार, साउन २६, २०८३
घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ? सोमबार, साउन २५, २०८३
एकपटकको नेता, सधैं नेता : रोहितलाई क्यानको भावुक बिदाइ मंगलबार, साउन २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून् अनिकेत तिवारी
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्