काठमाडौं– नेपाली कांग्रेसको विद्रोही पक्षका तर्फबाट नेता शशांक कोइरालाले पार्टीको महाधिवेशन रोक्न गरेको मागलाई संस्थापन पक्षले ठाडै अस्वीकार गरेको छ।
कोइरालाले पार्टीको १५औँ महाधिवेशनसम्बन्धी सम्पूर्ण गतिविधि र दीर्घकालीन निर्णयहरू तत्काल रोक्न माग गर्दै पार्टी केन्द्रीय कार्यालयलाई मंगलबार पत्र लेखेको सन्दर्भमा प्रतिक्रिया दिँदै महामन्त्री प्रदीप पौडेलले भने– ‘महाधिवेशनको कार्यतालिका पहिल्यै तय भइसकेको छ। तसर्थ उहाँहरू पनि तोकिएकै अवधिमा महाधिवेशन गर्न जोडिनु राम्रो हुन्छ।’
पौडेलले २०८३ मंसिरभित्र १५औँ महाधिवेशन सम्पन्न नगरे पार्टी नै अवैधानिक हुने खतरा रहेकाले पनि समयमै महाधिवेशन गर्नुको विकल्प नरहेको तर्क गरे।
‘बरु महाधिवेशनलाई निष्पक्ष गराउन के गर्न सकिन्छ, त्यतातिर लाग्न सकिन्छ। महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्ने दायित्व हाम्रो छ,’ उनले नेपाललाइभसँग मंगलबार भने।
कांग्रेसले असोज १६–१९ गते काठमाडौंमा १५औँ महाधिवेशन आयोजना गर्ने निर्णय लिइसकेको छ।
यो पनि पढ्नुहोस् :
यस्तो छ शशांकको माग
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।