सर्लाही– जिल्लाको चन्द्रनगर गाउँपालिकामा आफ्नै नयाँ घरमा विद्युत् वायरिङ गर्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चन्द्रनगर गाउँपालिका-५ मोहनपुर निवासी करिब ३८ वर्षीय ईद महमद मन्सुर रहेका छन् ।
सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार, मंगलबार साँझ आफ्नै घरमा वायरिङ गर्ने क्रममा मन्सुरलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा चिकित्सकले मन्सुरलाई मृत घोषणा गरेको उनले जानकारी दिए ।
प्रहरी घटनास्थलमा पुगेर घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको डिएसपी गौतमले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।