काठमाडौं– सोमबार साँझको ड्युटी सकेर जुवाखाल छिरेका नेपाल प्रहरीका सई समातिएका छन् ।
प्रहरी वृत्त गौशालामा कार्यरत सिन्धुपाल्चोक घर भएका सई सरोज गिरी जुवा खालबाट समातिएका हुन् ।
जुवा खेल्ने व्यक्तिलाई समातेर कारबाही गर्नुपर्ने सई गिरी नै अहिले प्रहरी हिरासत पुगेका छन् । सोमबार साँझ गौशालामा आफ्नो ड्युटी सकेपछि उनी लैनचौरको जुवाखाल पुगेको बताइन्छ । उनलाई आज बिहान पक्राउ गरिएको हो ।
जुवाखालबाट पक्राउ परेका सई गिरीसहित १६ जनालाई अहिले प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिएको छ ।
लैनचौरको गाउँवेशी थकालीबाट जुवा खेल्दै गरेको अवस्थामा १६ जना समातिएका हुन् । पक्राउ पर्नेमा गाउँवेशी थकालीका सञ्चालक समेत छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।