काठमाडौं- मैतीदेवीस्थित सेतोपुलमा मंगलबार बिहानै सिटी यायातायतको बा२ख ८७३३ नम्बरको बस ट्रान्समिटर जडान गरेको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा १७ यात्रु घाइते भएका छन्।
बिहान सवा ३ बजे पुरानो बानेश्वरबाट मैतिदेवीतर्फ तीव्र गतिमा आउँदै गरेको सब सँगै गाडिएका दुई पोलमा ठोक्किएको थियो।

बस ठोक्किनासाथ दुवै पोल ढल्न पुगे। बस पल्टिएपछि माथिबाट पोलले थिच्यो। सो क्रममा १७ जना यात्रु घाइते भए। ४ जनाको अवस्था गम्भीर छ। चालक भने फरार रहेको अनामनगर प्रहरी वृत्तका डिएसपी अपिल बोहराले बताए।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।