न्युयोर्क– अमेरिकामा हुन लागेको एउटा लिलामीमा जर्मनीका तानाशाह एडोल्फ हिटलरको हाफपेन्ट पनि राखिएको छ। जुन ५ हजार डलरमा विक्रि हुने आशा आयोजकहरुले राखेका छन्। अमेरिकाको लेक्जेन्डर हिस्टोरिकल अक्सनका अनुसार सेतो रंगको हाफपेन्टको लम्बाई १९ इन्च रहेको छ। कमरको चौडाई ३९ इन्च छ। यसमा हिटलरको नामबाट उढ्ने (ए.एच) पनि छ।
हिटलरको यो हाफपेन्ट अस्ट्रियाको पार्कहोटल ग्राजमा राखिएको थियो। जहाँ हिटलर १९३८ मा बसेका थिए। हिटलरको हाफपेन्ट लिलामीका लागि पठाएका व्यक्ति होटल मालिका नाति हुन्। यो होटलमा हिटलर १९३८ मा बसेका थिए। हिटलरको आत्मकथा ‘म्यान केम्फ’ मा हस्ताक्षरित दुर्लभ प्रतिलाई पनि निलामीका लागि राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।