• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक १५, २०८२ Sat, Nov 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

गुठीको विधेयक विरुद्धको आन्दोलन विस्तार हुँदै, बाहिरी चक्रपथ र 'फास्ट ट्र्याक'पीडित पनि जोडिने

64x64
नेपाल लाइभ बुधबार, असार ४, २०७६  १६:०९
1140x725

काठमाडौं- सरकारले राष्ट्रियसभामा दर्ता गराएको गुठी विधेयक मंगलबार फिर्ता लिएपनि गुठीयारहरुले आन्दोलन नरोक्ने भएका छन्।

गुठी विधेयक खारेज गर्न माग गर्दै आएका गुठीयारको माग सम्बोधन हुन नसकेको भन्दै गुठीयारले राजधानीमा बृहत् प्रर्दशन गरेका छन्। मंगलबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गरी विधेयक फिर्ता लिएको घोषणा गरेकी थिइन्। तर गुठीयार त्यसलाई स्वीकार्न तयार देखिएका छैनन्।

उपत्यकका गुठीयारले बुधबारको लागि तय गरिएको विरोध कार्यक्रमलाई खबरदारी सभामा परिणत गरेका थिए। कार्यक्रमको रुप परिवर्तन भएपनि उपत्यकका तीन जिल्लाका गुठीयार माइतीघरमा ठूलो संख्यामा जम्मा भएका थिए। बुधबारका लागि व्यापक प्रर्दशन गर्ने गरी गुठीयारहरुले एक सातादेखि तयारी गरेका थिए। 

विधेयकसँगै काठमाडौंका नेवार समुदायले अन्य मुद्दा पनि विरोधका रुपमा अघि ल्याउने भएका छन्। सरकारले सम्पदा मासिने गरी विधेयक ल्याएको भनी आन्दोलनरत गुठीयारले सडक विस्तार, बाहिरी चक्रपथ र फास्ट ट्रयाक पीडितका मुद्दा थप सशक्त बनाउने घोषणा गरेका छन्। यी आयोजनाबाट नेवार समुदाय बढी पीडित हुँदै आएको जनाउँदै वक्ताहरुले आफ्नै समुदायलाई प्रश्न गरे, ‘हामीहरु किन छिन्नभिन्न? राज्यले पीडित बनाएका सबै नेवार एकत्रित भई आन्दोलन गर्नुको विकल्प छैन।’

तीनै जिल्लाबाट माइतीघरमा भेला भएका गुठीयारका अगुवाले आन्दोलनमा मुद्दा थपिएको बताएका थिए। नेवार समुदायको बाहुल्यता रहेको सभालाई सम्बोधन गर्दै अगुवाहरुले छिन्नभिन्न भएर आन्दोलन गर्दा प्रभावकारी नभएको राय राखे। कार्यक्रमका अधिकांश वक्ताले राज्यले नेवारी समुदायमाथि इतिहासदेखि दमन गर्दै आएको आरोप लगाए। 

गुठी विधेयकको विरोध बढ्दै गएसँगै गठन गरिएको सम्पदा संरक्षण समितिका पदाधिकारी गणपतिलाल श्रेष्ठले भने, ‘सडक विस्तार, फास्ट ट्रयाक, बाहिरी चक्रपथ हुँदै गुठी विधेयकसम्म राज्यले नेवार समुदायलाई अत्याचार गरिरहेको छ।’ विधेयकको फिर्ता मात्र माग नभएको जनाउदै श्रेष्ठले अरु मुद्दा पनि जोडेर आन्दोलन गर्ने बताए।

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई प्रधानमन्त्री र अर्थमन्त्री भएको समयमा सडक विस्तारका नाममा नेवार समुदायलाई विस्थापित गराएको आरोप लगाए। भट्टराई अर्थमन्त्री हुँदा इन्द्रजात्रालाई सरकारले खर्च उपलब्ध नगराउँदा पैदा भएको परिस्थिति वर्तमान सरकारले आत्मसात गर्न सुझाए। उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारीप्रति पनि गुठीयार अगुवा आक्रोशित देखिएका थिए। बाटो फराकिलो बनाउने नाममा डोजर चलाएको भन्दै आपत्ति जनाए।

Ncell 2
Ncell 2

गुठी विधेयकको विरोधमा उत्रिएका गुठीयारहरुले फास्ट ट्र्याकबाट विस्थापित हुनु परेको भन्दै सरकार विरुद्ध आन्दोलन सशक्त बनाउने चेतावनी दिएका छन्। फास्ट ट्रयाकको प्रस्थान बिन्दुमा नेवारी समुदायलाई नै विस्थापित गरिएको जनाउँदै एकीकृत आन्दोलन गर्ने बताए। नेवार समुदायका मुद्दामा वकालत गर्दै आएका अधिवक्ता शंकर लिम्बूले गुठीयारको माग विधेयक फिर्ता नभएको उल्लेख गर्दै विधेयक खारेज नभएसम्म आन्दोलन नरोकिने बताए। 

आन्दोलनका मुद्दा थपिएपछि संयुक्त रुपमा आन्दोलन गर्ने गरी अर्को चरणको विरोधको कार्यक्रम बिहिबार घोषणा गर्ने बताइएको छ।

प्रधानमन्त्रीकै राजीनामा माग 
नेपाल मण्डलमा वर्षौंदेखि राजनीति गर्दै र पारिवारिक सम्बन्ध जोडेका प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी सम्पदाबारे जानकारी नराखेको प्रति गुठीयार अगुवाले आश्चर्य प्रकट गरे। सम्पदामाथि प्रहार गर्ने गरी विधेयक ल्याएकाले प्रधानमन्त्रीको राजीनामा मागिएको थियो। 

मंगलबार भूमि व्यवस्थामन्त्रीले फिर्ता लिएको विधेयकलाई समाचार पढेर थाहा हुने प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने लिम्बूको भनाई थियो। प्रधानमन्त्रीलाई जानकारी नै नभई मन्त्रीले कसरी फिर्ता लिइन् भन्दै उनले प्रश्न उठाए।

विधेयक प्रस्तुत गर्ने भूमि व्यवस्थामन्त्री अर्याल, गुठीलाई सामन्तवाद देख्ने सञ्चारमन्त्री गोकुल बाँस्कोटा, दमन गर्न प्रहरी खटाउने गृहमन्त्री रामबहादुर थापा 'बादल'ले राजीनामा दिनुपर्ने आन्दोलनकारीको माग छ। उपत्यकामा भित्रनेलाई शरण दिइरहेको नेवार समुदायको परम्परा, सम्पदा, संस्कृतिसँग जोडिएको गुठीलाई मास्न खोजको आरोप लगाउँदै उनीहरुले राजीनामा दिनुपर्ने बताए।

संयमित प्रहरी
जेठ २६ मा गुठीयारले गरेको प्रर्दशनमा भएको प्रहरीको दमनबाट आलोचित भएको प्रहरी प्रशासनले बुधबारको सभामा संयमित देखिएको थियो। ठुलो संख्यामा रहेका सुरक्षाकर्मीले मर्यादित तवरले विरोध सभा केन्द्रित थिए।

माइतीघरका चारै दिशामा ठुलो संख्यामा रहेका आन्दोलनकारीलाई तैनाथ प्रहरीले निषेधित क्षेत्रमा काबुमा राख्न सकेको थियो। पूर्वतिर बबरमहल, दक्षिणमा थापाथली क्याम्पस, पश्चिममा भद्रकाली मार्ग र उत्तरतिर पुरातत्व विभागसम्म प्रर्दशनकारी फैलिएका थिए।

खबरदारी सभा सकिएको आधा घन्टाभन्दा बढि समयसम्म सडकमा रहेका प्रर्दशनकारीलाई हटाउन प्रहरीले हतार गरेको थिएन। शहरका विभिन्न भागबाट आएका प्रर्दशनकारीले नेवार समुदायका बाजागाजा र भेषभुषासहित नाराबाजी गरिरहेका थिए।

सम्बन्धित समाचारहरु

  • सरकारले फिर्ता लियो गुठी विधेयक

  • हचुवाको भरमा गुठी विधेयक ल्याएको होइन, कांग्रेसको इच्छा पूरा गर्न दिइन्न : प्रधानमन्त्री ओली

  • गुठीसँग किन छुट्नै सक्दैनन् गुठीयार? कहाँ कति छ गुठी जग्गा?

  • गुठी विधेयकको विरोधमा पाटनमा निकालियो राँके जुलुश [फोटो फिचर]

  • गुठीबारे सञ्चारमन्त्रीले पढ्नुपर्छ : केदारभक्त माथेमा [भिडियो वार्ता] 
  • प्रस्तावित विधेयकले गुठीका जग्गा माफियाका हातमा पुग्ने संस्थानको आशंका

  • विवादित गुठी विधेयक : ‘धार्मिक हस्तक्षेपका लागि गुठी प्राधिकरण बनाउन मिल्छ?’

  • कालो ब्यानरमा 'गुठी विधेयक खारेज गर' [फोटोफिचर]

  • गुठी विधेयक खारेज गर्न माग गर्दै असनमा प्रर्दशन

  • गुठी विधेयक खारेजीको माग गर्दै नेवाः देय् दबुले थप आन्दोलन गर्ने

प्रकाशित मिति: बुधबार, असार ४, २०७६  १६:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विश्वकप लिग २ : नेपाल लगातार तेस्रो खेलमा पनि पराजित
एकताको विषयलाई लिएर पार्टी फुट्दैन : माओवादी
आफ्नो कुरा राखेर सचिवालय बैठकबाट बाहिरिए जनार्दन शर्मा, प्रचण्डले भने अराजक शैली
सम्बन्धित सामग्री
अनि पो दसैँ आउँथ्यो केटाकेटी हुँदा डाँडामा लिङ्गे पिङ थाप्न बाबियो बाट्न थालेदेखि नै हामी खुसीले औँधी रमाइसकेका हुन्थ्यो। शनिबार, असोज ११, २०८२
शारदीय नवरात्रको आज पाँचौ दिन, देवी स्कंदमाताको पूजा तथा आराधना गरिँदै स्कन्दमाता भगवती पार्वतीकै रूप भएको पुराणमा उल्लेख छ। स्कन्दकुमार (कुमार) की माता भएकीले यिनको नाम स्कन्दमाता रहेको बताइन्छ। शनिबार, असोज ११, २०८२
आश्विन शुक्ल चतुर्थी : कुष्माण्डा देवीको पूजाआराधना गरिँदै प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ। आध... बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
विश्वकप लिग २ : नेपाल लगातार तेस्रो खेलमा पनि पराजित शनिबार, कात्तिक १५, २०८२
एकताको विषयलाई लिएर पार्टी फुट्दैन : माओवादी शनिबार, कात्तिक १५, २०८२
आफ्नो कुरा राखेर सचिवालय बैठकबाट बाहिरिए जनार्दन शर्मा, प्रचण्डले भने अराजक शैली शनिबार, कात्तिक १५, २०८२
कांग्रेस फुट्छ भनेर कसैले कल्पना नगरे हुन्छ: महामन्त्री शर्मा शनिबार, कात्तिक १५, २०८२
विश्वकप लिग २ : अमेरिकालाई नेपालले दियो २७२ रनको चुनौतीपूर्ण लक्ष्य शनिबार, कात्तिक १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
फेरि बढ्यो सुनको मूल्य शुक्रबार, कात्तिक १४, २०८२
आफ्नो कुरा राखेर सचिवालय बैठकबाट बाहिरिए जनार्दन शर्मा, प्रचण्डले भने अराजक शैली शनिबार, कात्तिक १५, २०८२
‘मोन्था’ को प्रभाव कम हुँदै , पश्चिमी वायु र न्यूनचापीय प्रणालीले आज यी स्थानमा वर्षा शनिबार, कात्तिक १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्