• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

गुठीको विधेयक विरुद्धको आन्दोलन विस्तार हुँदै, बाहिरी चक्रपथ र 'फास्ट ट्र्याक'पीडित पनि जोडिने

64x64
नेपाल लाइभ बुधबार, असार ४, २०७६  १६:०९
1140x725

काठमाडौं- सरकारले राष्ट्रियसभामा दर्ता गराएको गुठी विधेयक मंगलबार फिर्ता लिएपनि गुठीयारहरुले आन्दोलन नरोक्ने भएका छन्।

गुठी विधेयक खारेज गर्न माग गर्दै आएका गुठीयारको माग सम्बोधन हुन नसकेको भन्दै गुठीयारले राजधानीमा बृहत् प्रर्दशन गरेका छन्। मंगलबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गरी विधेयक फिर्ता लिएको घोषणा गरेकी थिइन्। तर गुठीयार त्यसलाई स्वीकार्न तयार देखिएका छैनन्।

उपत्यकका गुठीयारले बुधबारको लागि तय गरिएको विरोध कार्यक्रमलाई खबरदारी सभामा परिणत गरेका थिए। कार्यक्रमको रुप परिवर्तन भएपनि उपत्यकका तीन जिल्लाका गुठीयार माइतीघरमा ठूलो संख्यामा जम्मा भएका थिए। बुधबारका लागि व्यापक प्रर्दशन गर्ने गरी गुठीयारहरुले एक सातादेखि तयारी गरेका थिए। 

विधेयकसँगै काठमाडौंका नेवार समुदायले अन्य मुद्दा पनि विरोधका रुपमा अघि ल्याउने भएका छन्। सरकारले सम्पदा मासिने गरी विधेयक ल्याएको भनी आन्दोलनरत गुठीयारले सडक विस्तार, बाहिरी चक्रपथ र फास्ट ट्रयाक पीडितका मुद्दा थप सशक्त बनाउने घोषणा गरेका छन्। यी आयोजनाबाट नेवार समुदाय बढी पीडित हुँदै आएको जनाउँदै वक्ताहरुले आफ्नै समुदायलाई प्रश्न गरे, ‘हामीहरु किन छिन्नभिन्न? राज्यले पीडित बनाएका सबै नेवार एकत्रित भई आन्दोलन गर्नुको विकल्प छैन।’

तीनै जिल्लाबाट माइतीघरमा भेला भएका गुठीयारका अगुवाले आन्दोलनमा मुद्दा थपिएको बताएका थिए। नेवार समुदायको बाहुल्यता रहेको सभालाई सम्बोधन गर्दै अगुवाहरुले छिन्नभिन्न भएर आन्दोलन गर्दा प्रभावकारी नभएको राय राखे। कार्यक्रमका अधिकांश वक्ताले राज्यले नेवारी समुदायमाथि इतिहासदेखि दमन गर्दै आएको आरोप लगाए। 

गुठी विधेयकको विरोध बढ्दै गएसँगै गठन गरिएको सम्पदा संरक्षण समितिका पदाधिकारी गणपतिलाल श्रेष्ठले भने, ‘सडक विस्तार, फास्ट ट्रयाक, बाहिरी चक्रपथ हुँदै गुठी विधेयकसम्म राज्यले नेवार समुदायलाई अत्याचार गरिरहेको छ।’ विधेयकको फिर्ता मात्र माग नभएको जनाउदै श्रेष्ठले अरु मुद्दा पनि जोडेर आन्दोलन गर्ने बताए।

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई प्रधानमन्त्री र अर्थमन्त्री भएको समयमा सडक विस्तारका नाममा नेवार समुदायलाई विस्थापित गराएको आरोप लगाए। भट्टराई अर्थमन्त्री हुँदा इन्द्रजात्रालाई सरकारले खर्च उपलब्ध नगराउँदा पैदा भएको परिस्थिति वर्तमान सरकारले आत्मसात गर्न सुझाए। उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारीप्रति पनि गुठीयार अगुवा आक्रोशित देखिएका थिए। बाटो फराकिलो बनाउने नाममा डोजर चलाएको भन्दै आपत्ति जनाए।

Ncell 2
Ncell 2
nimb
nimb

गुठी विधेयकको विरोधमा उत्रिएका गुठीयारहरुले फास्ट ट्र्याकबाट विस्थापित हुनु परेको भन्दै सरकार विरुद्ध आन्दोलन सशक्त बनाउने चेतावनी दिएका छन्। फास्ट ट्रयाकको प्रस्थान बिन्दुमा नेवारी समुदायलाई नै विस्थापित गरिएको जनाउँदै एकीकृत आन्दोलन गर्ने बताए। नेवार समुदायका मुद्दामा वकालत गर्दै आएका अधिवक्ता शंकर लिम्बूले गुठीयारको माग विधेयक फिर्ता नभएको उल्लेख गर्दै विधेयक खारेज नभएसम्म आन्दोलन नरोकिने बताए। 

आन्दोलनका मुद्दा थपिएपछि संयुक्त रुपमा आन्दोलन गर्ने गरी अर्को चरणको विरोधको कार्यक्रम बिहिबार घोषणा गर्ने बताइएको छ।

प्रधानमन्त्रीकै राजीनामा माग 
नेपाल मण्डलमा वर्षौंदेखि राजनीति गर्दै र पारिवारिक सम्बन्ध जोडेका प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी सम्पदाबारे जानकारी नराखेको प्रति गुठीयार अगुवाले आश्चर्य प्रकट गरे। सम्पदामाथि प्रहार गर्ने गरी विधेयक ल्याएकाले प्रधानमन्त्रीको राजीनामा मागिएको थियो। 

मंगलबार भूमि व्यवस्थामन्त्रीले फिर्ता लिएको विधेयकलाई समाचार पढेर थाहा हुने प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने लिम्बूको भनाई थियो। प्रधानमन्त्रीलाई जानकारी नै नभई मन्त्रीले कसरी फिर्ता लिइन् भन्दै उनले प्रश्न उठाए।

Xtrem

Xtrem

विधेयक प्रस्तुत गर्ने भूमि व्यवस्थामन्त्री अर्याल, गुठीलाई सामन्तवाद देख्ने सञ्चारमन्त्री गोकुल बाँस्कोटा, दमन गर्न प्रहरी खटाउने गृहमन्त्री रामबहादुर थापा 'बादल'ले राजीनामा दिनुपर्ने आन्दोलनकारीको माग छ। उपत्यकामा भित्रनेलाई शरण दिइरहेको नेवार समुदायको परम्परा, सम्पदा, संस्कृतिसँग जोडिएको गुठीलाई मास्न खोजको आरोप लगाउँदै उनीहरुले राजीनामा दिनुपर्ने बताए।

संयमित प्रहरी
जेठ २६ मा गुठीयारले गरेको प्रर्दशनमा भएको प्रहरीको दमनबाट आलोचित भएको प्रहरी प्रशासनले बुधबारको सभामा संयमित देखिएको थियो। ठुलो संख्यामा रहेका सुरक्षाकर्मीले मर्यादित तवरले विरोध सभा केन्द्रित थिए।

माइतीघरका चारै दिशामा ठुलो संख्यामा रहेका आन्दोलनकारीलाई तैनाथ प्रहरीले निषेधित क्षेत्रमा काबुमा राख्न सकेको थियो। पूर्वतिर बबरमहल, दक्षिणमा थापाथली क्याम्पस, पश्चिममा भद्रकाली मार्ग र उत्तरतिर पुरातत्व विभागसम्म प्रर्दशनकारी फैलिएका थिए।

खबरदारी सभा सकिएको आधा घन्टाभन्दा बढि समयसम्म सडकमा रहेका प्रर्दशनकारीलाई हटाउन प्रहरीले हतार गरेको थिएन। शहरका विभिन्न भागबाट आएका प्रर्दशनकारीले नेवार समुदायका बाजागाजा र भेषभुषासहित नाराबाजी गरिरहेका थिए।

सम्बन्धित समाचारहरु

  • सरकारले फिर्ता लियो गुठी विधेयक

  • हचुवाको भरमा गुठी विधेयक ल्याएको होइन, कांग्रेसको इच्छा पूरा गर्न दिइन्न : प्रधानमन्त्री ओली

  • गुठीसँग किन छुट्नै सक्दैनन् गुठीयार? कहाँ कति छ गुठी जग्गा?

  • गुठी विधेयकको विरोधमा पाटनमा निकालियो राँके जुलुश [फोटो फिचर]

  • गुठीबारे सञ्चारमन्त्रीले पढ्नुपर्छ : केदारभक्त माथेमा [भिडियो वार्ता] 
  • प्रस्तावित विधेयकले गुठीका जग्गा माफियाका हातमा पुग्ने संस्थानको आशंका

  • विवादित गुठी विधेयक : ‘धार्मिक हस्तक्षेपका लागि गुठी प्राधिकरण बनाउन मिल्छ?’

  • कालो ब्यानरमा 'गुठी विधेयक खारेज गर' [फोटोफिचर]

  • गुठी विधेयक खारेज गर्न माग गर्दै असनमा प्रर्दशन

  • गुठी विधेयक खारेजीको माग गर्दै नेवाः देय् दबुले थप आन्दोलन गर्ने

प्रकाशित मिति: बुधबार, असार ४, २०७६  १६:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्