तनहुँ– विगत लामो समयदेखि तनहुँका विभिन्न स्थानमा चोरी गर्दै एक ‘पटके चोर’ पक्राउ परेका छन्। चोरीका गहनासहित प्रहरीले शनिबार व्यास घर भएका सोयप खानलाई पक्राउ गरेको हो।
उनले गत पुस ३ गते तनहूँ व्यास नगरपालिकाको डाग्रेखोल्सीस्थित अर्जुन कुमार श्रेष्ठको घरबाट २ लाख ६ हजार एक सय ४० रुपैयाँ बराबरको धनमाल चोरी गरेका थिए। शुक्रबार एक सुनचाँदी पसलमा चोरीका गहना बिक्रि गर्न लागेको सूचना पाएपछि प्रहरीले पक्राउ गरीप् अनुसन्धान अघि बढाएको छ ।
चोरी भएको घरमा रहेको सिसिक्यामरामा हेर्दा सुन बेच्न जाने व्यक्तिको हुलियासँग मिलेकाले पक्राउ गरी अनुसन्धान गर्दा उनले नै चोरी गरेको खुलेको तनहुँका प्रहरी प्रमुख एसपी उमेशराज जोशीले बताए। ‘उनी विगतमा पनि चोरीमा पक्राउ परेर अदालतबाट छुटेका अभियुक्त हुन्,’ जोशी भन्छन्,‘उनले अन्यत्र पनि चोरी गरेको भन्ने बुझिएको छ, प्रमाण संकलन गर्दै छौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।