तनहुँ– तनहुँमा ठेकदारको हत्या गर्ने युवक पक्राउ परेका छन्। शुक्रबार बन्दिपुर गाउँपालिका–४ नयाँपुल स्थित गोर्खा तनहुँ जोड्ने निर्माणाधिन पुलको ठेकेदार झापाको सुरुङगा नगरपालिका–५ बस्ने ४० बर्षीय राज श्रेष्ठको हत्या गर्ने झापाका दुम्सी राईलाई तनहँ प्रहरीले आइतबार पक्राउ गरेको हो।
श्रेष्ठ र सोही ठाउँमा ज्यामी काम गर्ने झापाका चारपानी नगरपालिका–४ घर भएका ४० बर्षीय रबी यम्राङलाई राईले रडले शुक्रबार टाउकोमा हानेका थिए। दुवै जना घाइते भएकोले उपचारको लागी लक्ष्मी अस्पताल डुम्रे लगिएकोमा श्रेष्ठलाई थप उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाइएकोमा शनिबार बिहान मृत्यु भएको थियो । रडले हान्ने राई सोही पुल निर्माणमा कार्यरत थिए। रक्सीको नशामा उनले आक्रमण गरेको प्रहरी आशंका छ । घटनापछि फरार भएका उनलाई पक्राउ गरिएको एसपी उमेश जोशीले नेपाललाइभलाई जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।