मेक्सिको सिटी (मेक्सिको)- मेक्सिकोमा गएको ८.१ म्याग्निच्युडको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ९० पुगेको छ।
मेक्सिकोको दक्षिणी तटीय क्षेत्रमा बिहीबार गएको शक्तिशाली भूकम्पपछि भग्नावशेषमा फसेका मानिसहरुको उद्धार कार्य जारी रहेको र आइतबारसम्म ९० जनाको मृत्यु भएको सरकारी प्रवक्ताले बताए।
मृत्यु भएकामध्ये ७१ जना वहाका राज्यमा रहेको छन् भने अन्य केही ठाउँमा पनि मानिसहरु फसेका बताइएको छ।
भूकम्पबाट नराम्ररी प्रभावित टाबास्को, वाहाका र चिआपस राज्यमा उद्धार कार्यलाई अहिले केन्द्रित गरिएको सरकारी अधिकारीले बताएका छन्। आपतकालीन सहायता सामाग्री र उद्धार कार्यमा प्रयोग गरिने कुकुरसहित अतिरिक्त प्रहरीलाई अति प्रभावित फुचितान सहरमा परिचालन गरिएको छ। अधिकारीहरुका अनुसार भूकम्पमा परी करिब २ सय मानिसहरु घाइते भएका छन्। राष्ट्रपति एनरिके पेन्या निएटोले भूकम्पमा परी ज्यान गुमाउनेहरुको सम्झनामा राष्ट्रिय शोकको घोषणा गरेका छन्।
सन् २०१५ को सेप्टेम्बरयता विश्वमा गएको शक्तिशाली भूकम्पको धक्का एक मिनेटसम्म महसुस गरिएको र यो सबैभन्दा शक्तिशाली भूकम्प भएको अमेरिकी भूगर्भ केन्द्रले जनाएको छ। रासस/ एपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।