सेन्ट पेटर्सबर्ग (फ्लोरिडा)- क्यारेवियन क्षेत्रको सामुद्रिक आँधी इर्मा आइतबार अमेरिकी राज्य फ्लोरिडामा पुगेको छ।
इर्माका कारण सो राज्यमा ११ लाख बासिन्दा विद्युतविहीन बनेका छन्। फ्लोरिडा विद्युत कम्पनीले मियामी–डाड क्षेत्रमा करिब ६ लाख, ब्रोवार्डमा करिब ४ लाख र पाल्म बिचमा करिब १ लाख ५० हजार मानिस विद्युत सेवाविहीन बनेको जनाएको छ।
फ्लोरिडाको कुडजो किजमा आँधीका कारण आइतबार बिहान विशाल पहिरो गएको थियो। फ्लोरिडा राजमार्ग सुरक्षा गस्ती टोलीले आँधीबाट भाग्ने क्रममा राजमार्गमा २ जनाको मृत्यु भएको बताएको छ।
फ्लोरिडामा २१५ किलोमिटर प्रतिघन्टाका गतिमा आएको आँधीका कारण पहिरो गएको हो। आँधीबाट हजारौं घर प्रभावित बनेका छन्।रासस/एपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।