काठमाडौं- मजुदर आन्दोलनको कारण देखाउँदै हायात होटल (तारागाउँ रिजेन्सी होटल्स लिमिटेड) व्यवस्थापनले अनिश्चितकालका लागि होटल बन्द गरेको छ।
सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्सलाई पत्र लेख्दै हयातले बन्द भएको जानकारी गराएको हो।
होटलमा नै कार्यरत रहेका मजदुरको संगठन अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघको हडतालका कारण होटल बन्द गर्न बाध्य भएको नेप्सेलाई लेखेको पत्रमा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।