ललितपुर- सन्तनेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९४औं जन्म जयन्ती शनिबार एक कार्यक्रम गरी मनाइएको छ। ललितपुरको बाँडेगाउँमा आयोजित कार्यक्रममा कांग्रेस नेता-कार्यकर्ताका साथै विभिन्न क्षेत्रका व्यक्तिहरुले सन्तनेतालाई श्रद्धा सुमन अर्पण गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुगेका थिए भने नेपाली कांग्रेसका नेता प्रदीप गिरि, प्रकाशमान सिंह, स्वामी आनन्द अरुण लगायत पनि सहभागी थिए। एमाले अध्यक्ष ओली पत्नी राधिका शाक्यसहित बाँडेगाउँ पुगेका थिए। कार्यक्रमका वक्ताहरुले सन्तनेता भट्टराईको निष्ठाको राजनीति र सादगीपूर्ण जीवनशैलीबारे चर्चा गरेका थिए।
हेरौं सन्तनेताप्रति श्रद्धा सुमनका केही तस्बिर:







नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।