काठमाडौं- नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ।
भारतबाट आएको नयाँ सूचीअनुसार मूल्य समायोजन गरेको निगमले जानकारी दिएको छ।
पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य घटाइएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने समायोजन भएको छैन।
आइतबार राति १२ बजेदेखि लागू हुने मूल्य घटाइएको जानकारी निगमले दिएको छ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १०८ रुपैयाँ, डिजेल ९६ रुपैयाँ ५० पैसा र मट्टिलेलको मूल्य प्रतिलिटर ९६ रुपैयाँ ५० पैसा कायम भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।