• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख २६, २०८३ Sat, May 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

प्रदेशमध्येकै ठूलो बजेटको प्राथमिकतामा शिक्षा, यस्ता छन् अन्य कार्यक्रम 

64x64
नेपाल लाइभ आइतबार, असार १, २०७६  २१:१७
1140x725

काठमाडौं- आगामी आर्थिक वर्ष २०७६/७७ का लागि प्रदेश ३ ले ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ। प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले आईतबार प्रदेशसभामा सो बजेट पेस गरेका हुन्। यो अन्य ६ प्रदेश तुलनामा सबैभन्दा ठूलो आकारको बजेट हो।

यो प्रदेशमा कुल विनियोजित बजेटमध्ये चालुतर्फ २४ अर्ब ४६ करोड ७९ लाख ९० हजार अर्थात् ५१ दशमलव ३९ प्रतिशत, पूँजीगततर्फ २२ अर्ब ८३ करोड ९८ लाख ९६ हजार अर्थात् ४७ दशलमव ९८ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३० करोड अर्थात् शून्य दशमलव ६३ प्रतिशत विनियोजन भएको छ। 

प्रदेश ३ ले आगामी आर्थिक वर्षका लागि अनुमान गरेको खर्चको श्रोतमध्ये कर राजश्वबाट १५ अर्ब ४९ करोड ४९ लाख रुपैयाँ, अन्तर सरकारी अनुदानतर्फ १८ अर्ब ६ करोड १३ लाख रुपैयाँ, अन्य राजश्व तर्फ ७ अर्ब ३० करोड र चालु आर्थिक वर्षको राजश्व बचततर्फ ६ अर्ब ७५ करोड १६ लाख ८६ हनार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। 

प्रदेश ३ ले शिक्षा तथा संस्कृति क्षेत्र बजेटको प्राथमिकतामा राखेको छ। 

‘निरक्षरतामुक्त प्रदेश तीन, पूर्ण साक्षार भएको उज्यालो दिन’ अभियानअन्तर्गत आगामी आर्थिक वर्षभित्र प्रदेशका सबै जिल्लालाई साक्षर घोषणा गरिसक्ने लक्ष्य लिएको छ। 

प्रदेश तीनको ईच्छा, छोरी बुहारीलाई उच्च शिक्षा’ भन्ने अभियान पनि आगामी आर्थिक वर्षबाट लागू गरिने भन्दै बजेटमा समेटिएको छ। 

प्रदेशका हिमाली तथा पहाडी जिल्लाका सामुदायिक क्याम्पसमा पढ्ने छात्राहरुका लागि ‘छोरीबुहारी छात्रवृत्ति कार्यक्रम' प्रदेश सरकारले ल्याएको छ। 

स्वास्थ्य क्षेत्रतर्फ ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम’लाई बजेटको प्राथमिकतामा राखिएको छ। त्यसैगरी आगामी आर्थिक वर्षलाई स्वास्थ्य परीक्षण वर्षका रुपमा घोषणा गरी ३० वर्षमाथिका विपन्न, अल्पसंख्यक तथा लोपोन्मुख जाति, शहिद तथा बेपत्ता परिवारलगायतका लागि निशुल्क स्वास्थ्य परीक्षण गरिने बजेमा उल्लेख छ। 

nimb
nimb
Ncell 2
Ncell 2

‘एक विद्यालय, एक नर्स कार्यक्रम'लाई पनि बजेटमा समावेश गरिएको छ। 

सडक क्षेत्रमा हुने दुर्घटनाका घाईतेको शीघ्र उपचारको व्यवस्था मिलाउन सडक क्षेत्रको निश्चित दुरीमा रहेको स्वास्थ्य संस्थालाई दुर्घटना रेस्पोन्स सेन्टरका रुपमा विकास गर्ने तथा सबै अस्पतालमा ‘बृहत् आकस्मिक प्रसुती तथा नवजात शिशु सेवा’ कार्यक्रमलाई बजेटमा राखिएको छ।   

त्यसैगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक क्षेत्रतर्फ पनि प्रदेश तीनले धेरै नयाँ कार्यक्रम ल्याएको छ। ‘प्रदेश तीनको सरोकार, महिलालाई सामाजिक र आर्थिक अधिकार’ अभियान, किशोरी विकास कार्यक्रम, सहयोगापेक्षी सडक मानवमुक्त कार्यक्रम, प्रदेश र स्थानीय तहको एउटै सन्देश, बालविवाहमुक्त हाम्रो प्रदेश’ अभियान सञ्चालन गर्ने, समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम लागू गर्नेजस्ता विषयहरुलाई बजेटमा पारिएको छ।

 युवा तथा खेलकुद क्षेत्रतर्फ ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ नारासहित खेल पूर्वाधार निर्माणलाई प्राथमिकता दिइने जनाइएको छ।

कृषि, भूमि एवं सहकारी क्षेत्रतर्फ ‘विशिष्टिकृत उत्पादन क्षेत्र’ निर्धारण गर्ने, कृषि पेशालाई मर्यादित पेशाको परिचय दिन तथा त्यसपेशालाई प्रात्साहन गर्न ‘मुख्यमन्त्री कृषि पुरस्कार कार्यक्रम’को घोषणा बजेटमार्फत् गरिएको छ।

‘एक स्थानीय तह, एक विशेष उत्पादन,‘एक नेपाली एक फलफूल बिरुवा रोपण’अभियान,  ‘कृषि व्यवसायमा युवा स्वयंसेवक परिचालन’ नाराका साथ २ सय युवालाई व्यवहारिक र सैद्धान्तिक तालिम दिने विषयलाई सरकारले बजेटमा समावेश गरेको छ। 

त्यसैगरी, वन संरक्षणतर्फ ‘एक समूह, एक वन उद्यम’ कार्यक्रमलाई अगाडि सारिएको छ। 

वातावरण संरक्षणका लागि ‘वातावरण संरक्षण, हाम्रो अभिभारा, पृथ्वी हाम्रो सहारा’भन्ने भावना जगाउन सचेतना कार्यक्रम, सडक किनारा हरियाली विकास कार्यक्रम, जीवनका लागि पानी कार्यक्रममार्फत पानीको मुहानको संरक्षणलगायत विषयलाई बजेटमा राखिएको छ। 

विज्ञान तथा प्रविधि क्षेत्रमा युवा वैज्ञानिकलाई उत्प्ररित गर्न ‘विज्ञान आईडिया इन्क्युवेसन केन्द्र स्थापना, लाईफ साईन्स फङेसनल जिनोमिक्स प्रयोगशाला स्थापना गर्नका लागि बजेट विनियोजन गरिएको छ। 

पर्यटन पूर्वाधारतर्फ सन् २०२० देखि २०३० सम्मलाई प्रदेश भ्रमण वर्षका रुपमा मनाउने, ‘पर्यटन क्षेत्रको विस्तार, प्रदेश समृद्धिको आधार भन्ने अवधारणालाई लागू गर्न बजेट छुट्याईएको छ। 

उद्योग, वाणिज्य तथा उपभोक्ता हकहितका क्षेत्रमा ‘हामी सबै उद्यम’ भन्ने नारालाई सार्थक परम्परागत सीप प्रवद्र्धन कार्यक्रम र ‘एक निर्वाचन क्षेत्र, एक औद्योगिक ग्राम स्थापना’ कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ। 

सडक पूर्वाधारका क्षेत्रमा प्रदेश तीनले रामेछाप–दोलखा–सिन्धुपाल्चोक–नुवाकोट–धादिङ–चितवन मकवानपुर–सिन्धुली–काभ्रे जोड्नेगरी ‘पुष्पलाल प्रदेश चक्रपथ बनाउने र भीमफेदी–कुलेखानी सडकखण्डलाई ‘पोष्ट बहादुर बोगटी सुरुगमार्ग' बनाउने भन्दै बजेट विनियोजन भएको छ। 
हेटौंडा–फाखेल–फपिङ सडक स्तरोन्नतीलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ। 

त्यसैगरी, काठमाडौं उपत्यकासँगको पहुँचको दुरीलाई छोट्याउन चौतारा–सिपाघाट–कात्तिके–काठमाडौं सडक र टोखा–छहरे–नुवाकोट सडकलालाई बिस्तार गर्न बजेट छुट्याईएको छ। 

यातायात व्यवस्थापनका क्षेत्रमा सार्वजनिक–निजी–साझेदारीमा ईलेक्टिक मास ट्रान्जिट प्रणालीलाई सञ्चालन गर्न अनुदान रकम छुट्र्याइएको छ। 

खानेपानी तथा सरसफाईमा ‘एक घर, एक धारा’ कार्यक्रम र सुख्खा क्षेत्र खानेपानी योजना कार्यक्रमका लागि प्रदेश सरकारले बजेट छुट्याएको छ। 

सबैभन्दा ठूलो कार्यक्रमका रुपमा प्रदेश तीनले प्रदेशको सन्तुलित विकास गर्न भन्दै १ अर्ब ९८ करोड रुपैयाँ बराबरको ‘प्रदेश पूर्वाधार विकास कार्यक्रम’ल्याएको छ।

प्रकाशित मिति: आइतबार, असार १, २०७६  २१:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश
सुशीला कार्कीले फिर्ता गरिन् सरकारी गाडी
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक, सबैभन्दा बढी रास्वपाको खर्च [सूचीसहित]
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश शुक्रबार, वैशाख २५, २०८३
सुशीला कार्कीले फिर्ता गरिन् सरकारी गाडी शुक्रबार, वैशाख २५, २०८३
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक, सबैभन्दा बढी रास्वपाको खर्च [सूचीसहित] शुक्रबार, वैशाख २५, २०८३
अभ्यास सिरिजमा नेपाल ‘ए’को लगातार दोस्रो जित, स्कटल्यान्डपछि अमेरिका ३ विकेटले पराजित शुक्रबार, वैशाख २५, २०८३
मनसुन २०८३ मा अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षाको सम्भावना, खडेरीको संकेत शुक्रबार, वैशाख २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
सर्वोच्च अदालतका न्यायाधीश डा‍. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस बिहीबार, वैशाख २४, २०८३
सर्वोच्च अदालतको दैनिक पेशी सूची करिब दुई घण्टा ढिला, मल्ल र शर्मालाई इजलासमा जिम्मेवारी तोकिएन शुक्रबार, वैशाख २५, २०८३
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश बिहीबार, वैशाख २४, २०८३
संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्