• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

प्रदेश-२ बजेट : निर्वाचित सांसदलाई ३ करोड, समानुपातिकलाई १ करोड

64x64
नेपाल लाइभ आइतबार, असार १, २०७६  २०:४९
1140x725

जनकपुर-  प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि ल्याएको बजेटमा निर्वाचित सांसदलाई ३ करोड र समानुपातिकका लागि १ करोड दिने घोषणा गरेको छ। 

सांसदहरुले आफ्नै इच्छाले खर्च गर्ने गरी बजेट पाउने भएका छन्। आइतबार प्रस्तुत गरिएको बजेटमा निर्वाचित र समानुपातिक दुबै सांसदले आफ्नो इच्छा अनुसार खर्च गर्ने गरी बजेट विनियोजन पाउने उल्लेख छ।

प्रदेशका निर्वाचित सांसदले करोडका दरले पाउनेछन्। यसमध्ये १ करोड आफ्नै इच्छाले र बाँकी २ करोड संसदीय विकास कार्यक्रमअन्तर्गत पाउने भएका छन्।

समानुपातिकबाट आएका सांसदले १ करोडका दरले बजेट पाउने भएका छन्। यो बजेट समानुपातिक सांसदहरुले आफ्नै इच्छा अनुसार खर्च गर्न पाउनेछन्।

प्रदेश २ मा ६४ प्रत्यक्ष निर्वाचित र ४१ समानुपातिक गरी १०७ जना सांसद छन्।

यस्ता छन् कार्यक्रम
प्रदेश सरकारले गत वर्षबाटै सुरु गरेको ‘बेटी पढाऔं, बेटी बचाऔं’ कार्यक्रमका लागि ३९ करोड ३३ लाख बजेट छुट्टयाइएको छ।

मुख्यमन्त्री स्वच्छता अभियानका लागि ३१ करोड ३३ लाख, मुख्यमन्त्री किसान उत्थान कार्यक्रमका लागि रु २० करोड छुट्टयाएको छ। आठै जिल्लामा मझौला तथा साना सिंचाईका लागि १ अर्ब बजेट प्रदेश सरकारले विनियोजन गरेको छ। प्रदेश सरकारले मठमन्दिर, मस्जिद, गुम्बाको संरक्षण र सम्वर्द्धनका लागि रु ४० करोड विनियोजन गरेको छ।

प्रस्तुत बजेटमा कृषि तर्फ प्रधानमन्त्री कृषि कार्यक्रमका लागि ४० करोड, मुख्यमन्त्री कृषि कार्यक्रमका लागि २० करोड, प्रदेशका सबै आठ जिल्लामा शीतभण्डार निर्माणका लागि ४० करोड, कृषि सुपरजोन कार्यक्रमका लागि १० करोड विनियोजन गरिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यसैगरी, कृषि व्यावसायिक व्यवस्थापनका लागि ५ करोड, कृषि कारखाना तथा जैविक मल उद्योगका लागि २ करोड र 'खेतखेतमा पानी हातहातमा काम'को लागि एक अर्ब ११ करोड बजेट विनियोजन गरेको छ।

नदी नियन्त्रण तथा वृक्षरोपणमा ३ करोड, जनता आवासका लागि १ अर्ब ३८ करोड ७० लाख छुट्याइएको छ। जनकपुर अञ्चल अस्पताललाई प्रादेशिक अस्पतालमा विकास गर्न २३ करोड, हरेक जिल्लामा प्रादेशिक नमूना सामुदायिक विद्यालय व्यवस्थापनका लागि १६ करोड विनियोजन भएको छ। 

बजेटले कृषि, स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधारमा जोड दिएको मन्त्री यादवले बताए।

पारवहन सेवाका लागि ४ बस खरिद गर्ने
प्रदेश सरकारले पारवहन सेवा संचालनका लागि ६ करोड विनियोजन गरेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जनकपुरबाट वीरगंज र राजविराज बस संचालन गर्न ४ वटा बस खरिदका लागि ६ करोड विनियोजन गरिएको हो।

समग्रमा बजेट
सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ७२ करोडको बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले आइतबार प्रदेशसभामा ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट पेश गरेका हुन्।

चालूतर्फ १९ अर्ब ११ करोड, ९७ लाख ३८ हजार अर्थात ४९.८१ प्रतिशत र पूँजीगततर्फ १९ अर्ब २६ करोड, ५४ लाख ६४ हजार अर्थात ५०.१९ प्रतिशत विनियोजन गरिएको छ।

बजेटको स्रोतका रुपमा आन्तरिक राजस्वबाट १३ अर्ब, ५४ करोड, ३१ लाख, ६९ हजार, नेपाल सरकारबाट प्राप्त बिभिन्न अनुदानबाट १६ अर्ब १७ करोड, ७४ लाख र चालू आव बाट नगद मौज्दात हुने ७ अर्ब ७० करोड, ७२ लाख, ९२ हजार प्राप्त हुने १ अर्ब ३० करोड आन्तरिक ऋण लिइने छ। 

गत वर्ष एक अर्ब ऋण लिने घोषणा गरेपनि नलिएको बताउँदै उनले यस पटक ऋण लिइने मन्त्री यादवले बताए।

प्रकाशित मिति: आइतबार, असार १, २०७६  २०:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्