कालिकोट– म्यादी प्रहरीको बिदाईलाई लिएर भएको झडपपछि दंगा भड्किन सक्ने अवस्थालाई मध्यनजर गरी कालिकोटमा सशस्त्र प्रहरी परिचालन गरिएको छ। बिदाईको क्रममा म्यादी प्रहरीहरुले थोरै मात्र सुविधा दिएको भन्दै आन्दोलन गरेपछि विवाद भएको थियो । प्रहरीको गोलीबाट म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएको हो।
उनको मृत्युपछि स्थानीयले प्रहरीका दुईवटा चौकी जलाइदिएका थिए । थप हिंसा हुनसक्ने भएकाले सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।