काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले माथिल्लो त्रिशुली जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गरेका छन्।
२ सय १६ मेगावाट उत्पादन क्षमता रहेको उक्त आयोजनामा विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी), कोरियाली कम्पनीहरु र नेपाली लगानीकर्ताको लगानी रहेको छ। स्थलगत निरीक्षणपछि अर्थमन्त्री खतिवडाले आयोजना समयमै सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन्।
ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय र कम्पनीबीच २०७३ पुष १४ गते आयोजना विकास सम्झौता (पिडिए) भएको थियो। सरकारले माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिसँग विद्युत खरिद बिक्री सम्झौता (पिपिए) पनि गरिसकेको छ।
त्यसैगरी, अर्थमन्त्री खतिवडाले रसुवागडी भन्सार कार्यालय भवनको पनि शिलान्यास गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।