• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

होटल हायातका कर्मचारीको आन्दोलन झनै चर्कियो, व्यवस्थापन भन्छ– युनियनको दबाबमा चल्दैनौं

यस्ता छन् कर्मचारीले राखेका माग
64x64
नेपाल लाइभ शुक्रबार, जेठ ३१, २०७६  १२:३८
1140x725

काठमाडौं- होटल हायातका कर्मचारीहरुको आन्दोलन चर्किएको छ। होटलले कर्मचारीहरुलाई काम गरेबापत उचित सेवा सुविधा दिन आनाकानी गरेपछि कर्मचारीहरुले बिहीबारदेखि आन्दोलन सुरु गरेका थिए।

बिहीबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मात्रै होटलका सम्पूर्ण ठप्प पारे पनि आज (शुक्रबार) २४सै घन्टा काम ठप्प पार्ने अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघका केन्द्रीय महासचिव तथा आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहालले बताए। 

लामो समयदेखि होटलले कर्मचारीहरुलाई काममा लगाउने तर सेवा सुविधा लगायत बिदा दिनसमेत आनाकानी गरेको भन्दै आफूहरु आन्दोलनमा उत्रिएको कर्मचारीहरुले बताएका छन्। श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ अनुसार कर्मचारीहरुले पाउनुपर्ने बिदा लगायत अन्य सेवा सुविधा, कर्मचारीहरुको ग्रेड वृद्धि हुनुपर्ने माग कर्मचारीहरुले राखेका छन्। 

होटल हायातले नेपाली विदेशी नेपाली कामदारहरुलाई प्रतिस्थापन गर्न विदेशी कामदार ल्याएको र नेपाली कामदारहरुलाई हेप्ने तथा विस्तारै सेवा सुविधाबाट वञ्चित गरी कामबाट हटाउने उपाय रचेको आधिकारिक ट्रेड युनियनले आरोप लगाएको छ। 

होटलको व्यवस्थापन पक्षले भारतीय कामदार ल्याई नेपाली कामदारलाई तिनै कामदारबाट हेप्न लगाउने प्रवृत्ति देखिएको आधिकारिक ट्रेड युनियनका अध्यक्ष दाहाल बताउँछन्। 

के छन् कर्मचारीका माग?
कर्मचारीहरुले समान स्केलका स्वदेशी विदेशी सबै कामदारको समान ज्याला हुनुपर्ने, स्वदेशमै दक्ष जनशक्ति हुँदाहुँदै विदेशी कामदार नियुक्त गर्न नपाउने, सम्पूर्ण मजदुर कर्मचारीलाई समान व्यवहार गरिनुपर्ने, हाल विद्यमान रहेको ९ प्रतिशत वार्षिक तलब वृद्धिदरलाई बढाई १५ प्रतिशत वार्षिक वृद्धिदर कायम गर्नुपर्ने, एउटै पदमा ५ वर्ष वा सोभन्दा बढी काम गरेका कर्मचारीको स्वतः पदोन्नति हुनुपर्ने, यस्ता कर्मचारीहरुलाई वार्षिक ५ हजार तलब बृद्धि गरिनुपर्ने लगायत माग राखेका छन्। 

के भन्छ होटल व्यवस्थापन? 
होटल हायात रिजेन्सीका एचआर कोअर्डिनेटर सुरेश केसीले भने कर्मचारीहरुले अनावश्यक माग राखी आन्दोलन गरेको जिकिर गरेका छन्। व्यवस्थापन पक्षलाई अनावश्यक दबाब दिन आन्दोलन गरिएको उनले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

‘हामी आधिकारीक ट्रेड युनियनको दबाबमा चल्न सक्दैनौं, कति दिन बन्द गर्नुपर्ने हो बन्द गर्छौं र अर्को विकल्प सोच्छौं,' उनले भने।

उनको भनाइ अनुसार कर्मचारीहरुलाई श्रम ऐन अनुसार सेवासुविधा दिन आनाकानी गर्दै होटल व्यवस्थापन पक्ष पन्छिन खोजेको देखिन्छ।

कर्मचारीहरुले व्यवस्थापन पक्षलाई नै अप्ठ्यारो पर्ने खालको माग राखेकाले सम्बोधन गर्न समस्या भएको एचआर कोअर्डिनेटर केसीको भनाइ छ। उनले थपे, ‘होटल हायातमा मात्र होइन सबै होटलमा विदेशी कामदारहरु छन्, खाँचो परेपछि स्वदेशी विदेशी केही पनि भनिँदैन।’ 

होटल हायातका जनसम्पर्क निर्देशक गोविन्द राम परियार पनि कर्मचारीहरुले सामान्य कुरालाई विकराल बनाएर आन्दोलनमा उत्रिएको बताए। उनले भने, ‘कर्मचारीहरु मनलाग्दी ढंगले काममा अनुपस्थित हुँदा सोधिएको स्पष्टीकरणको कुरालाई लिएर हड्तालमा उत्रिएका छन्।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसकारण भए कर्मचारी आन्दोलित
होटल हायातले श्रम ऐन वा ट्रेड युनियनसँगको सम्झौता अनुसार कामदारलाई सेवा सुविधा उपलब्ध गराउन आनाकानी गरेको भन्दै श्रम कार्यालय टेकुमामा दिएको उजुरीको विवाद श्रम कार्यालयमार्फत समाधान हुन नसकेपछि ०७४ कात्तिक १९ गते श्रम अदालतमा होटलविरुद्ध मुद्दा पर्‍यो।

श्रम अदालतले २०७५ मंसिर ९ गतेको फैसलामा होटलले कामदारहरुलाई तत्काल उचित पारिश्रमिक तथा सेवा सुविधा उपलब्ध गराउनुपर्ने सुनायो। तर अदालतको फैसलापछि पनि ग्रेड वृद्धि लगायत विभिन्न सम्झौता कार्यान्वयन नभएको भन्दै श्रम कार्यालय टेकुमा उजुरी परेको छ। 

जसमा श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ अनुसार कर्मचारीहरुलाई विभिन्न सेवासुविधा उपलब्ध गराउन होटलले आनाकानी गरिरहेको आधिकारिक ट्रेड युनियनले ठहर गरेको छ। 

सोही सम्बन्धमा २०७६ बैसाख ९ गते निवेदक पक्ष र व्यवस्थापक पक्षलाई श्रम कार्यालयले छलफल गराएको थियो। कार्यालयलाई लिखित रुपमा सहमति भएको पत्र पेस गर्नुपर्ने भन्दै श्रम कार्यालयले बैसाख २३ गते छलफलमा उपस्थितिका लागि पत्राचार गरेको थियो तर व्यवस्थापन पक्ष उपस्थित भएको छैन। 

श्रम कार्यालयमा श्रम विवाद समाधानको छलफलका लागि होटलको व्यवस्थापन पक्षले आनाकानी गरेपछि कर्मचारीहरु आन्दोलनमा उत्रिन बाध्य भएका हुन्। कर्मचारीहरुले आफ्ना मागहरु सम्बोधन नभएसम्म होटलका सम्पूर्ण काम ठप्प पार्ने चेतावनी दिएका छन्।

प्रकाशित मिति: शुक्रबार, जेठ ३१, २०७६  १२:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्