• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सिभिल समूह विवाद : उच्च अदालतले पूर्वसांसद तामाङको निवेदनमा दिएन अन्तरिम आदेश

64x64
नेपाल लाइभ शुक्रबार, जेठ ३१, २०७६  १२:२५
1140x725

काठमाडौं– सिभिल सहकारी र सिभिल होम्सको विवादमा पूर्व सांसद एवं हाउजिङ व्यवसायी इच्छाराज तामाङको निवेदनमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। बिहीबार भएको अन्तिम सुनुवाइमा तामाङको मागका विषयमा निर्णय हुने भन्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो। उच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र रमेशप्रसाद भण्डारीको इजलासले मुद्दालाई प्राथमिकता मात्र दिने आदेश गरेको हो। 

आफै सञ्चालक र आफै ऋणी हुँदै सहकारीको रकम अपचलन गर्न लागेका भन्दै सहकारीका सेयर सदस्यले हालेको एक मुद्दाविरुद्ध तामाङले पनि निवेदन दिएका थिए। सिभिल सहकारीका सेयर सदस्य शिवलाल भण्डारीले हालेको निषेधाज्ञा खारेज भई आफ्नो पक्षमा अन्तरिम आदेश माग गर्दै तामाङ स्वयं उच्च पुगेका थिए। तामाङले २०७६ जेठ २ गते फुटकर निवेदन दर्ता गराएका थिए। सुरुमा सेयर सदस्य भण्डारीले २०७५ चैत १० गते निवेदन दर्ता गरेका थिए। 

यस्तो थियो विवाद 
व्यावसायिक घराना सिभिल समूहको स्वामित्वमा रहेको सिभिल सहकारी संस्थाको ऋण विवादमा जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनमा ४ थान मुद्दा दर्ता भएका छन्। 

उक्त समूहको जिल्ला अदालतमा १ र उच्चमा ३ थान मुद्दा रहेका छन्। आफ्नै लगानीमा रहेको सहकारी संस्था र आफ्नै हाउजिङ कम्पनीलाई ८० प्रतिशतभन्दा बढी ऋण गैरकानुनी रुपमा प्रवाह गरेर सहकारी संस्था धरासायी भएपछि सेयर सदस्यले हालेको मुद्दाविरुद्ध तामाङ आफै उच्च पुगेका थिए। तामाङले सेयर सदस्य भण्डारीले हालेको निवेदन गैरकानुनी भएकाले खारेज हुनुपर्ने जिकिर गरेका छन्।

सिभिल समूहका नाममा उच्च अदालत पाटनमा यसअघि पनि मुद्दा दायर भएको थियो। सो मुद्दामा अदालतले तामाङका विपक्षमा अन्तरिम आदेश जारी गरेको थियो। यसपछि सो आदेश खारेजीको माग गर्दै तामाङ पक्षले  मुद्दा हालेको हो।

Ncell 2
Ncell 2
nimb
nimb

अन्तरिम आदेश खारेजीको माग गर्दै तामाङकै आफन्त एवं सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठले पनि बैसाख ३० गते निवेदन दर्ता गराएका थिए।

सिभिल समूह अन्तर्गत निर्माण, सहकारी र हाउजिङ कम्पनी रहेका छन्। उक्त समूहका अनुसार सबै समूहका सञ्चालक एवं प्रवर्द्धक तामाङ नै हुन्। सहकारीका पूर्वअध्यक्ष समेत रहेका तामाङलाई वेबसाइटमा भने वरिष्ठ सल्लाहकार भनी चिनाइएको छ। सहकारीका अध्यक्ष रहेका केशवलाल श्रेष्ठ र तामाङबीच मामाससुरा र भान्जेज्वाइँको नाता छ। 

सिभिल होम्स विवादमा मुद्दाको सुरुवात जिल्ला अदालत काठमाडौंबाट भएको थियो। सिभिल सहकारी डुबाउने र धितोमा राखिएको रकम नतिरी फुकुवा गर्ने प्रयास थालनी भएपछि सुरुमा जिल्ला अदालत काठमाडौंमा निषेधाज्ञा मुद्दा लिएर सहकारी सेयर सदस्य शिवलाल भण्डारी पुगेका थिए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

तामाङ अध्यक्ष रहेको सिभिल होम्सले उक्त सहकारी संस्थाबाट ५ अर्ब ७६ करोड ७८ लाख २ हजार ५ सय १७ रुपैयाँ न्यून मूल्यांकन गरी ऋण लिएको र उक्त रकम चुक्ता नगरी मिलेमतोमा फुकुवा गरेर हक हस्तानतरण गर्न लागेपछि भण्डारी जिल्ला अदालत पुगेका थिए। उक्त निवेदनमा सुनुवाइ गर्दै जिल्ला अदालतले २०७५ फागुन २ गते ऋण चुक्ता  नगरी फुकुवा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। 

काठमाडौं महानगरपालिका-११ सुन्धारामा रहेको सिभिल होम्सको नाममा रहेका जग्गा मालपोत कार्यलयमा रोक्का रहेको छ। सो जग्गा फुक्का गर्नका लागि सहकारीमा मिलेमतोमा ऋण तिरेको देखाउने प्रयास तामाङ लगायतको समूहले थालनी गरेका भण्डारीको दाबी छ।  तामाङले उक्त सहकारीको ऋण बाँकी नै राखेर अर्कै बैंकमा राखेर धितो लिने प्रयास गर्ने कार्य निषेधाज्ञाले रोकिनुपर्ने भण्डारीको जिकिर छ।

यो पनि- सिभिल समूह विवाद : मुद्दा प्रभावमा पार्न चलखेल गर्दै पूर्व सांसद इच्छाराज तामाङ

प्रकाशित मिति: शुक्रबार, जेठ ३१, २०७६  १२:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्