• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

सिभिल समूह विवाद : मुद्दा प्रभावमा पार्न चलखेल गर्दै पूर्व सांसद इच्छाराज तामाङ

64x64
दुर्गा दुलाल बुधबार, जेठ २२, २०७६  ०५:४५
1140x725

काठमाडौं- व्यवसायिक घराना सिभिल समूहको स्वामित्वमा रहेको सिभिल सहकारी संस्थाको ऋण विवादमा जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनमा ४ थान मुद्दा दर्ता भएका छन्। यी मुद्दा प्रभावमा पार्न पूर्व सांसद एवं सिभिल समूहका अध्यक्ष इच्छाराज तामाङले चलखेल सुरु गरेको पाइएकाे छ। 

उक्त समूहको जिल्ला अदालतमा १ र उच्चमा ३ थान मुद्दा रहेका छन्। आफ्नै लगानीमा रहेको सहकारी संस्था र आफ्नै हाउजिङ कम्पनीलाई ८० प्रतिशतभन्दा बढी ऋण गैरकानुनी रुपमा प्रवाह गरेर सहकारी संस्था धरासायी भएपछि शेयर सदस्यले हालेको मुद्दा असफल बनाउन तामाङले चलखेल सुरु गरेका हुन्। 

सोल्टिमोड मुख्य कार्यालय रहेको सिभिल सेभिङ एन्ड क्रेडिट सहकारीका शेयर सदस्य शिवलाल भण्डारीले दायर गरेको निषेधाज्ञा मुद्दा असफल गराउन पूर्व सांसद तामाङले चलखेल गरेका हुन्। उच्चमै तामाङ आफैँ फुटकर निवेदन लिएर समेत पुगेका छन्। तामाङले शेयर सदस्य भण्डारीले हालेकाे निवेदन गैरकानुनी भएकाले खारेज हुनुपर्ने जिकीर गरेका छन्।

बिचौलियामार्फत् अदालतका मुद्दा प्रभावमा पार्न उनी लागी परेको बताइएको छ। यसका साथै तामाङ आफैँले मात्र मुद्दा हालेका छैनन्, प्रभािवत पार्न मामाससुरालाई अदालतमा मुद्दा हाल्न लगाइ आफ्नो पक्षमा फैसला गराउन र सो काम सफल नभए मुद्दाको पेसी सार्दै लम्ब्याउने चलखेलमा लागेको उच्च अदालत स्राेतले जनाएकाे छ। 

सिभिल समूहका नाममा उच्च अदालत पाटनमा यसअघि पनि मुद्दा दायर भएको थियो। सो मुद्दामा अदालतले तामाङका विपक्षमा अन्तरिम आदेश जारी गरेको थियो। यसपछि सो आदेश खारेजीको माग तामाङ पक्षले  मुद्दा हालेकाे हाे। अन्तरिम आदेश खारेजीको माग गर्दै तामाङकै चलखेलमा बैशाख ३० गते  सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठले अन्तरिम खारेजीकाे निवेदन दर्ता गराएका थिए।  

अध्यक्ष श्रेष्ठ तामाङका नातेदारसमेत हुन्। तामाङले नै श्रेष्ठलाई उच्च अदालतमा हाल्न लगाएको मुद्दा पनि विचाराधीन छ। सिभिल समूह अन्तर्गतका निर्माण, सहकारी र हाउजिङ कम्पनी रहेका छन्। उक्त समूहका अनुसार सबै समूहका सञ्चालक एवं प्रवर्द्धक निर्माण व्यवसायी इच्छाराज तामाङ हुन्। सहकारीका पूर्वअध्यक्षसमेत रहेका तामाङलाई वेबसाइटमा भने वरिष्ठ सल्लाहकार भनी चिनाइएको छ। सहकारीका अध्यक्ष रहेका केशवलाल श्रेष्ठ र तामाङबीच मामाससुरा र भान्जेज्वाइँको नाता छ। 

अन्तरिम आदेश विरुद्ध दायर निवेदनमा टेकेर चलखेल
सिभिल होम्स विवादमा मुद्दाको सुरुवात जिल्ला अदालत काठमाडौँबाट भएको थियो। सिभिल सहकारी डुबाउने र धितोमा राखिएको रकम नतिरी फुकुवा गर्ने प्रयास थालनी भएपछि शुरुमा जिल्ला अदालत काठमाडौंमा निषेधाज्ञा मुद्दा लिएर सहकारी सेयर सदस्य शिवलाल भण्डारी पुगेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

तामाङ अध्यक्ष रहेको सिभिल होम्सले उक्त सहकारी संस्थाबाट ५ अर्ब ७६ करोड ७८ लाख २ हजार ५ सय १७ रुपैयाँ न्यून मूल्यांकन गरी ऋण लिएको र उक्त रकम चुक्ता नगरी मिलेमतोमा फुकुवा गरेर हक हस्तानतरण गर्न लागेपछि भण्डारी जिल्ला अदालत पुगेका थिए। उक्त निवेदनमा सुनुवाई गर्दै जिल्ला अदालतले २०७५ फागुन २ गते ऋण चुक्ता  नगरी फुकुवा नर्गन अन्तरिम आदेश जारी गरेको थियो। 

काठमाडौ महानगरपालिका- ११ सुन्धारामा रहेको सिभिल होम्सको नाममा रहेका जग्गा मालपोत कार्यलयमा रोक्का रहेको छ। सो जग्गा फुक्का गर्नका लागि सहकारीमा मिलेमतोमा ऋण तिरेको देखाउने प्रयास तामाङलगायतको समूहले थालनी गरेका थिए। तामाङले उक्त सहकारीको ऋण बाँकी नै राखेर अर्कै बैंकमा राखेर धितो लिने प्रयासका साथ फुकुवाको प्रयास थालनी भएको थियो।  

यसरी आफूहरुले जम्मा गरेको रकममा तामाङले आफ्नो व्यवसाय सफल पार्न र सहकारी डुबाउने प्रयास थालनी भएकाले आफू जिल्ला अदालत जानु परेको भण्डारीको निवेदनमा दाबी गरिएको थियो। 

उक्त मुद्दामा पहिलो पटक जिल्ला अदालतले अन्तरिम आदेश जारी गरेपनि चैत ५ गते खारेज गरिदिएको थियो। जिल्ला अदालतले रोक्का रहेको सिभिल होम्स तत्काल फुकुवा हुने आधार नदेखिएको भन्दै अन्तरिम आदेश खारेज गरिदिएको थियो। 

जिल्लाको आदेशपछि पुनः चलखेल
त्यसपछि भण्डारी जिल्ला अदालत हुँदै उच्च अदालत पाटन पुगे। भण्डारीले २०७५ चैत १७ गते सिभिल सहकारी र सिभिल होम्सविरुद्ध मुद्दा हाले। आफैँ लगानीकर्ता र आफैँ ऋणी भएर रकम निकालेर सहकारी धरासायी बनाएपछि उक्त होम्सका नाममा थप अन्य बैँकबाट समेत ऋण लिने प्रयास भएकाले रोक्न उनले माग गरेका थिए। यसका साथै सो निवेदनमा अन्तिम आदेश नभएसम्म सिभिल होम्सका नाममा कित्ता नम्बर २४२५ मा रहेको जग्गा र त्यहाँ बनेका संरचनाको हक हस्तान्तरण गर्न रोक लगाउन माग गरिएको थियो।

उक्त मुद्दामा सुनुवाई गर्दै २०७६ वैशाख १९ गते उच्चका न्यायाधीशद्वय केशवराज जोशी र हरिप्रताप केसीको इजलासले आदेश जारी गरेको थियो। सिभिल होम्सलाई ऋण प्रदान गरेको संस्थाको वार्षिक प्रतिवेदनमा देखिएको भन्दै ऋण प्रवाह गर्दा सुरक्षणबारे ३ दिनभित्र जवाफ माग्ने आदेश उच्चले जारी गरेको थियो। जिल्ला अदालतले आदेश खारेज गरेपछि तामाङले पुनः चलखेल सुरु गरे। 

त्यसविरुद्ध सहकारीका अध्यक्ष एवं तामाङका नातेदार केशवलाल श्रेष्ठ पनि उच्च अदालत पुगे। रोक्का रहेको जग्गा कसैले शंकाको भरमा फुकुवा गरी हक हस्तान्तरण गर्न नसक्ने भन्दै अन्तरिम आदेश खारेजी माग गर्दै निवेदन दिए। उक्त निवेदनमा उच्चले फाइल मगाउने बाहेक अन्य आदेश जारी गरेकाे छैन।

तामाङ आफैँ पुगे उच्च अदालत
सहकारीका अध्यक्षले अन्तरिम आदेश खारेजीको माग गर्दै निवेदन दिएपनि तामाङको सोचअनुसार अदालतबाट आदेश आएन। उच्च अदालतमा मुद्दा सुनुवाइ हुन नसकेपछि सिभिल होम्सका तर्फबाट जेठ २ गते फुटकर निवेदन लिएर उनी आफैँ पुगे।

तामाङ उच्च पुगेपछि यससम्बन्धी तीन थान मुद्दा अदालत विचारािधन भएका छन्। उक्त मुद्दामा १६ न्यायाधीशको पेसी परिसकेको छ। पछिल्लो पटक उक्त मुद्दा जेठ १६ गते पेसी रहेको थियो। 

१७औँ र १८औँ प्रतिवेदनमा फरक कर्जा 
सिभिल सरकारीले १७औ वार्षिक साधारणसभामा ५७ अर्ब ६७ करोड ८० लाख २ हजार ५ सय १७ रुपैयाँ र १८औँ प्रतिवेदनमा ७ अर्ब १३ करोड ७१ लाख १ हजार २ सय ११ कर्जा उपभोग गरेको देखाएको थियो। तर सिभिलले काठमाडौं जिल्ला अदालतमा पेस गरेको लिखित जवाफमा भने १९ अर्ब ४५ करोड कर्जा सिमाबाट १६ अर्ब ५६ करोड ६ लाख १ हजार ८ सय ९२ मात्र कर्जा उपभोग गरेको दाबी गरेको थियो।  

उच्च अदालतमा भण्डारीले दायर गरेको निवेदनमा सहकारीले शेयरधनीलाई झुक्क्याउन हरेक वर्ष वार्षिक प्रतिवेदनमा फरकफरक विवरण पेस गर्ने गरेको दाबी गरेका छन्।

प्रकाशित मिति: बुधबार, जेठ २२, २०७६  ०५:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्