• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

अर्ध-जलाशययुक्त जलविद्युत आयोजना बनाउँदा आरओआरलाई क्षतिपूर्ति दिनुपर्ने

आरओआर र पिआरओआर सम्बन्धी नयाँ कार्यविधि आउँदै
64x64
नेपाल लाइभ बिहीबार, जेठ ३०, २०७६  २१:०६
1140x725

प्रतीकात्मक तस्बिर


काठमाडौं- अर्ध-जलाशययुक्त नदि प्रवाहमा आधारित आयोजना (पिआरओआर) बनाउँदा प्रभावित हुने नदि प्रवाहमा आधारित (आरओआर) जलविद्युत आयोजनालाई क्षतिपूर्तिसँगै विद्युत खरीद–बिक्री सम्झौता (पिपिए)दरमा पनि संशोधन गरिने भएको छ।

आरओआर आयोजना निर्माणका लागि अनुमतिपत्र पाईसकेका आयोजनालाई पिआरओआरमा लैजादाँ तथा त्यस्ता आयोजनाभन्दा माथिल्लो स्थानमा पिआरओआर आयोजना निर्माण गर्नुपर्ने भए आरओआर आयोजनाले क्षतिपूर्ति पाउने व्यवस्था गर्न लागिएको हो।

कुन नदीमा कस्ता खालका आयोजना बनाउन सम्भव छ भन्ने विस्तृत अध्ययनबिनै जथाभावी जलविद्युत आयोजना निर्माणका लागि सरकारले अनुमति दिँदा ठूला आयोजना बन्न सक्ने ठाउँमा पनि कम उत्पादन क्षमता भएका आयोजना बनिरहेका छन्। 

त्यस्तो समस्या समाधान गर्न तथा आरओआर आयोजनालाई पिआरओआरमा रुपान्तरण गर्ने विषयमा अध्ययन गरी सुझाव दिन उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव प्रवीणराज अर्यालको संयोजकत्वमा एक कार्यदल गठन गरिएको थियो। 

उक्त कार्यदलले तयार पारेको प्रतिवेदनले माथिल्लो तटीय क्षेत्रमा रहेका पिआरओआर आयोजनाका कारण तल्लो तटीय क्षेत्रका आरओआर आयोजनालाई असर पर्ने देखिए त्यस्ता आयोजनालाई क्षतिपूर्ति दिनुपर्ने सुझावसहितको प्रतिवेदन मन्त्रालयमा बुझाएको थियो। 

मन्त्रालयले उक्त अध्ययन प्रतिवेदनले दिएका सुझाव कार्यान्वयन गर्न नेपाल विद्युत प्राधिकरण तथा विद्युत विकास विभागलाई निर्देशन दिइसकेको छ। ‘कार्यदलले दिएका सुझाव कार्यान्वयन गर्न मन्त्रालयबाट पत्राचार भईसकेको छ। सञ्चालक समितिले पारित गरेर कार्यविधि बनाईसकेपछि लागु हुन्छ,’ अध्ययन कार्यदलका संयोजक तथा मन्त्रालयका सहसचिव प्रवीणराज अर्यालले भने। 

सरकारले पछिल्लो समय जलाशय तथा अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माणलाई प्राथमिकतामा राखेको छ। तर  यसअघि विस्तृत अध्ययन बिनै साना आयोजना बनाउन अनुमतिपत्र दिँइदा ठूला आयोजना बनाउन समस्या देखिएको छ। यस्तो समस्या कै कारण सरकारले आरओआर आयोजना निर्माणका लागि अनुमति दिने सिमा नै तोकिदिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

साना आयोजना निर्माणका लागि पहिल्यै अनुमति लिईसकेका तर सोही ठाउँ वा त्योभन्दा माथि अर्धजलाशययुक्त आयोजना निर्माण हुँदा आरओआर आयोजनामा त्यसको प्रभाव पर्ने भएका कारण नयाँ कार्यविधि ल्याउन लागिएको अर्यालको भनाई छ।

‘पिआरओआर आयोजना संचालन हुँदा पिकिङ समयमा एक्कासी छाडिने पानीको कारणले तल्लो तटीय क्षेत्रमा अचानक नदीमा पानीको सतह र वेगमा वृद्धि हुने भएकाले नदीमा आश्रित समुदाय प्रत्यक्ष प्रभावमा पर्न सक्छन्। त्यस्तो अवस्थामा आरओर आयोजनामा भएको क्षतिको आँकलन गरि क्षतिपूर्ति दिनुपर्नेछ,’ कार्यदलले तयार पारेको प्रतिवेदनमा भनिएको छ। 

माथिल्लो तटीय क्षेत्रमा पिआरओआर आयोजना सञ्चालन हुँदा तल्लो तटीय क्षेत्रका आरओआर जलविद्युत आयोजनामा पर्ने असर तथा सो को क्षति निर्धारण गर्न तल्लो तटीय क्षेत्रको आयोजनाले आफूलाई पर्ने असर विश्लेषण गरी सोको समाधान सहितको प्रस्ताव नेपाल विद्युत प्राधिकरणमा पेस गर्नुपर्नेछ। 

त्यससँगै प्राधिकरणले माथिल्लो तटीय क्षेत्रमा निर्माण हुने पिआरओआर आयोजनाको डिजाईन तथा पिपिएका अन्य सम्बन्धित प्रावधानहरु समेतका आधारमा उक्त प्रस्ताव पुनरवलोकन गर्नेछ। प्रस्ताव पुनरवलोकन गरी निर्धारण गरिएअनुसार तल्लो तटीय आरओआर आयोजनाको विद्युत खरिद बिक्री सम्झौतामा उक्त आयोजनाको प्रवर्द्धकको सहमति जुटाई आवश्यक संशोधन गर्ने व्यवस्था प्राधिकरणले मिलाउनेछ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आरओआर जलविद्युत आयोजनाको लागि गरिएको पिपिए तथा अनुमतिपत्रमा पिआरओआरको लागि हुने गरी संशोधन गर्न पनि कार्यदलले सुझाव दिएको छ। 

विकल्प 
माथिल्लो तटीय क्षेत्रमा पिआरओआर र तल्लो तटीय क्षेत्रमा आरओआर जलविद्युत आयोजना निर्माण तथा सञ्चालन भएको अवस्थामा आउन सक्ने समस्या समाधानका लागि विकल्प कार्यदलले अघि सारेको छ।

तल्लो तटीय क्षेत्रका आरओआर जलविद्युत आयोजनाको उर्जा तालिकामा अधिकतम विद्युत शक्ति जतिसुकै लेखिएको भएतापनि सुख्खायामका महिनामा मासिक सम्झौता उर्जाभन्दा नबढ्ने गरी जडित क्षमतासम्म आयोजना सञ्चालन गर्न दिने व्यवस्था गर्नुपर्ने कार्यदलको सुझाव छ।

त्यसैगरी, पिआरओआर प्रकृतिको माथिल्लो तटीय आयोजनाको कारणले साना आयोजनामा कुनै महिनामा विद्युत घाटा हुने अवस्था आएमा ५० प्रतिशतमात्र भुक्तानी हुने विद्युत खरीद बिक्री सम्झौताको प्रावधानको सट्टा शतप्रतिशत नै भुक्तानी गर्नुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ। 

पिपिए संशोधन 
माथिल्लो तटीय क्षेत्रका आयोजनासँग सम्बन्धीत उत्पालन, सञ्चालन, मर्मत सम्भारजस्ता विषयसँग तादात्म्य हुने गरी तल्लो तटीय आयोजना सञ्चालन गर्नुपर्ने भएकाले तल्लो तटीय क्षेत्रका आरओआर जलविद्युत आयोजनाको पिपिएमा संशोधन गर्न पनि कार्यदलको सुझाव छ।

‘माथिल्लो स्थानका आरओआर जलविद्युत आयोजनालाई पीआरओआरमा लैजाने गरी विद्युत खरीद बिक्री सम्झौतामा संशोधन गर्दा तल्लो तटीय क्षेत्रको आरओआर जलविद्युत आयोजनाले आफ्नो डिजाईन वा निर्माण कार्यमा कुनै फेरबदल गर्ने प्रस्ताव गरेमा सो कार्यका लागि आवस्यक पर्ने समयावधिको हकमा औचित्य हेरी विद्युत खरीद सम्झौता र विद्युत उत्पादन अनुमतिपत्रमा वित्तीय व्यवस्थापन गर्नुपर्ने अवधि थप गरिदिने व्यवस्था मिलाईनुपर्छ,’ प्रतिवेदनमा भनिएको छ। 

आरओआर तथा पिआरओआर जलविद्युत आयोजना सञ्चालनका लागि कार्यविधिमा आउन लागेको उक्त अध्ययन प्रतिवेदनले माथिल्लो तटीय पिआरओआर आयोजनाले तल्लो तटीय आरओआर आयोजनालाई आवस्यक पर्ने सञ्चालन, हेडवर्कस तथा विद्युत गृहबाट निस्कासन हुने पानीको प्रतिघण्टाका दरले हुने पानीको दवाव, मर्मत सम्भार सम्बन्धी तालिका लगायतका सम्पूर्ण विवरण तथा सूचना उपलब्ध गराउनुपर्ने विषय पनि समेटेको छ।

प्रकाशित मिति: बिहीबार, जेठ ३०, २०७६  २१:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्