असार १ गतेबाट उपत्यकामा रात्रिकालीन बस सेवा, न्यूनतम भाडा २२ रुपैयाँ

नेपाल लाइभ | २०७६ जेठ ३० बिहीबार | Thursday, June 13, 2019 १५:५९:०० मा प्रकाशित

काठमाडौं- सरकारले असार १ गतेबाट रात्रीकालीन सार्वजनिक बस सञ्चालन गर्ने भएको छ।

रात्रीकालीन बसको भाडा भने दिउँसोको समयमा चल्ने सवारीको भन्दा बढी हुने भएको छ। 

यातायात व्यवस्था विभागले दिउँसो सार्वजनिक सवारी चढ्दा न्यूनतम १६ रुपैयाँ तिर्नुपर्ने भएपनि रात्रीकालीन बसमा यात्रा गर्दा न्यूनतम भाडा नै २२ रुपैयाँ तिुर्न पर्ने बताएको छ।