काठमाडौं- सरकारले ट्याक्सी भाडा बढाएको छ।
यातायात व्यवस्था विभागले आसर १ गतेदेखि लागू हुने गरी ट्याक्सी भाडा वृद्धि गरेको हो।
ट्याक्सी भाडा फ्ल्याक डाउन प्रणाली लागू गर्ने भएको छ। यो प्रणाली भनेको चढ्ने बित्तिकै न्यूनतम भाडा उठ्ने प्रणाली हो।
यो नियम लागै भएसँग अब ट्याक्सीमा यात्र गर्ने उपभोक्ताले पहिलो एक किलो मिटरसम्म ५० रुपैयाँ तिुनु पर्नेछ।
यसको अर्थ पहिलो ट्याक्सी चढने बित्तिकै ट्याक्सी चालकले मिटर अन गर्दा ५० रुपैयाँ देखाउने छ।
यो ५० रुपैयाँ एक किलो मिटरसम्म यात्रा गर्न पाउने छन्।
तर, त्यसपछि प्रति २ सय मिटरमा ८ रुपैयाँ ८० पैसा थप हुँदै जाने छ।
यस अघि ट्याक्सी चढन साथ १४ रुपैयाँ र त्यसपछि प्रति २ सय मिटरमा ७ रुपैयाँ ८० पैसा थप हुन्थ्यो।
यसको अर्थ प्रति दुई सय मिटर एक रुपैयाँ ८० पैसा बढेको हो।
यसको अर्थ अब पहिलो एक किलोमिटर बाहेक प्रतिकिलोमिटर ट्याक्सी यात्रामा ४४ रुपैयाँ थप तिर्नु पर्ने हुन्छ।
यस अघि प्रतिकिलोमिटर ३९ रुपैयाँ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।