काठमाडौं– टोखाको झोर नजिकै जंगलमा बुधबार दिउसो गोली चलाउने चार युवक बन्दुकसहित पक्राउ परेका छन् । प्रहरीले भरुवा बन्दुकसहित १४ वर्षिय सुशान्त तामाङ, २९ वर्षिय सुनिल तामाङ, १८ अंकित तामाङ र १७ विजय तामाङ पक्राउ परेका हुन् । उनीहरुमध्ये सुशान्तले बन्दुकबाट गोली चलाएका थिए ।
‘गोली चलाउने प्राक्टिस गर्दा महिलालाई लागेको उनीहरुले बताएका छन्,’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीले नेपाललाइभसँग भने ।
पक्राउ परेका सबै जना स्थानीय हुन् । उनीहरुले झोरको टासीडाँडा गोली चलाउदा स्थानीय ३५ वर्षिय दुर्गा पोखरेल घाइते भएकी थिइन् । उनको ग्रान्डि अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।