काठमाडौं– साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको पहिलो खेलमा टस जितेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेका हुन्। उनले पहिला बलिङ रोजेका छन्। योसँगै उपविजेता सुदूरपश्चिम रोयल्स पहिला ब्याटिङमा उत्रिने छ।
दुई संस्करणको भेटमा सुदूरपश्चिमले सुरुआती अग्रता बनाए पनि उपाधि भिडन्तमा लुम्बिनीले बाजी मारेको थियो। पहिलो संस्करणमा सुदूरपश्चिमले लुम्बिनीलाई ४५ रनले हराएको थियो। सैफ जैबको ९० रनको मद्दतमा सुदूरपश्चिमले २० ओभरमा चार विकेट गुमाएर १८७ रन बनाएको थियो। जवाफमा लुम्बिनीले नौ विकेट गुमाएर १४२ रन मात्रै बनाउन सक्यो।
दोस्रो संस्करणको लिग चरणमा पनि सुदूरपश्चिमले लुम्बिनीलाई सात विकेटले हराएको थियो। तर, फाइनलमा पुग्दा नतिजा उल्टियो। उपाधिका लागि भएको भिडन्तमा सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमै समेटियो। लुम्बिनीले ८६ रनको लक्ष्य नौ ओभरमै चार विकेट गुमाएर पूरा गर्दै ६ विकेटको जितसहित पहिलोपटक एनपीएल उपाधि जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।