काठमाडौं– एनपीएलको तेस्रो संस्करणको पहिलो खेलमा लुम्बिनीविरुद्ध सुदूरपश्चिम रोयल्सले दुई विकेट गुमाएको छ ।
ओपनर विनोद भण्डारीलाई लुम्बिनीका शेर मल्लले ३ दशमलव २ ओभरमा एलबीडब्लु धरापमा पारेर पहिलो विकेट लिएका थिए । उनले ८ बलमा ९ रन बनाएका छन् ।
तर पाँचौ ओभरको पहिलो बलमै किशोर महतोले आरिफ शेखलाई पनि क्याचआउट गराए ।
लुम्बिनीले टस जित्दै बलिङ रोजेर सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।