काठमाडौं- लामो तथा छोटो दुरीका सबै खाले सवारी साधनको भाडादर समायोजन हुने भएको छ।
यातायात व्यवस्था विभागको महानिर्देशक कुमारप्रसाद दहालले असार महिनाबाटै लागु हुने सार्वजनिक सवारीसाधनको भाडादर समायोजन हुन लागेको जानकारी दिए।
लामो समयदेखि भाडादर समायोजन नभएको भन्दै यातायात व्यवसायीले इन्धनको मूल्यमा हुने थपघट, महंगी, सवारी साधन मर्मत सम्भारमा लाग्ने खर्चलगायतका विषयलाई आधार मानेर मुल्य समायोजन हुन पर्ने माग राख्दै आएका थिए।
वैज्ञानिक प्रणालीबाट पछिल्लो केही वर्षदेखि सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने काम बन्द भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।