• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

नेपाल एयरलाइन्समा बेथिति : बोर्डमा छलफलै नगरी जापान उडान तालिका सारियो

'सञ्चालक बोर्डलाई नै बहिस्कार गर्ने प्रवृत्ति हाबी भयो'
64x64
नेपाल लाइभ बुधबार, जेठ २९, २०७६  १६:५०
1140x725

काठमाडौं- राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा बेथिति बढ्दै गएको पाइएको छ। निगमका कार्यकारी अध्यक्ष मदन खरेलले सञ्चालक बोर्डसँग छलफल नै नगरी एकलौटी निर्णय गर्दा काठमाडौं–ओसाका (जापान) उडान तालिका नै परिवर्तन गरेका छन्।

निगमले बैसाख २० गते विज्ञप्ति जारी गर्दै असार १९ देखि ओसाकामा नियमित उडान गर्ने जनाएको थियो। यसरी उडान तालिका तय गर्दा कार्यकारी अध्यक्ष खरेलले सञ्चालक बोर्डमा छलफल नै गरेनन्। उक्त दिनमा उडान सम्भव नभएपछि २६ दिन सारेर भदौ १२ देखि उडान गर्ने सेड्युल तय गरिएको छ। 

‘वाइडबडी जहाज आएको झन्डै एक वर्षपछि निगमले जापान उडानको सेड्युल तय गर्दैगर्दा सञ्चालक बोर्डमा छलफल नभए पनि हामीले केही भनेको थिएनौं’, सञ्चालक बोर्ड सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले भने, ‘उडान तालिका अनुसार ओसाका उडान गर्न नसकेपछि सेड्युल परिवर्तन गर्दा पनि कुनै छलफल भएन। यसले निगम सञ्चालक बोर्डलाई नै बहिस्कार गर्ने प्रवृत्ति हाबी भएको छ।'

निगमले जुनसुकै कामको थालनी गर्दा उक्त काम निगम र सरकारको हितमा रहे/नरहेको भनी बोर्डमा छलफल गरेर निर्णय हुनुपर्नेमा सञ्चालक बोर्ड सदस्यहरुलाई पनि थाहा नहुने गरी निर्णय हुन थालेको उनको भनाइ छ।

‘हामी सञ्चालक बोर्ड सदस्यहरुले समेत मिडियामा आएपछि थाहा पाउँछौं’, लामिछानेले भने, ‘सञ्चालक बोर्डलाई त खबर हुन्न भने विभागीय मन्त्रालयका सचिव तथा मन्त्रीलाई समेत थाहा हुँदैन।’

ओसाका उडानको विषय जिएसएसँग जोडिएर विवादित भएको सूचना आउने थालेको उनको भनाइ छ। यस विषयमा मन्त्रालय अध्ययनकै क्रममा रहेको उनले बताए।

बोर्डबाट अनुमति लिएर टेन्डर गरे पनि निगम व्यवस्थापनले सदस्यहरुलाई थाहा नै नदिई टेन्डर स्थगित गर्ने प्रवृत्ति पनि देखिएको लामिछाने बताउँछन्। उनले भनेझैं जहाजको इन्जिन मर्मत तथा पार्टपुर्जा मर्मतका लागि गरिएको टेन्डर प्रक्रिया संसदीय समितिले पत्र काटेपछि मात्रै थाहा भएको थियो। निगम अध्यक्ष खरेलले केही समय जहाजको इन्जिन मर्मतको टेन्डर स्थगित गर्दै पुनः टेन्डर गरेर कम्पनी छनोटको प्रक्रियामा लागेका थिए। तर, सार्वजनिक लेखा समितिले छलफलका लागि पत्र काटेपछि मात्रै यसबारे बोर्डका सदस्यहरुले जानकारी पाएका थिए।

‘निगम सञ्चालक बोर्डका कुनै पनि बैठकमा ओसाका उडानका विषयमा छलफल भएको छैन’, उनले भने, ‘ओसाका उडान निगमका लागि फाइदा छ कि छैन, त्यसको केही अध्ययन गरिएको छैन। केही सिमित व्यक्तिको स्वार्थ परिपूर्तिका लागि उडान तय भएको छ। निगमले जापान उडान गर्ने हो भने नारिता उचित उपयुक्त ठाउँ हो।’

Ncell 2
Ncell 2
nimb
nimb

निगमले १२ वर्षपछि जापानको ओसाकासम्म व्यावसायिक उडान सुरु गर्ने भन्दै प्रचार गरेको थियो। तर, एकाएक उडान सेड्युल परिवर्तन गरिएको छ। यसबारे निगमले गैरजिम्मेवारी जवाफ दिँदै आएको मन्त्रालयको भनाइ छ। निगमले भने घोषणा गरिएको मितिमा अत्यधिक न्यून बुकिङ भएका कारण उडान रद्द गरेको बताउँदै आएको छ। 

संघीय संसदको सार्वजनिक लेखा समितिमा कार्यकारी अध्यक्ष खरेलले फेब्रुअरीमा जापान र मार्चदेखि चीनमा उडान गर्ने भनेका थिए। उनले बोलेको समयमा दुवै देशमा हालसम्म पनि उडान सुरु हुन सकेको छैन। त्यसअघि निगमले वाइडबडीबाट लामो दुरीको उडानबारे कात्तिक अन्तिम साता मुख्यालयमै पत्रकार सम्मेलनमार्फत समय घोषणा गरेको थियो। तर, तोकिएको समयमा उडान हुन सकेन। 

काठमाडौं–ओसाकाको एकतर्फी हवाई भाडा कम्तीमा ४५ हजार रुपैयाँ तथा दुईतर्फी ८० हजार रुपैयाँसम्म कायम गरिएको थियो। तर, टिकट बिक्री सोचेअनुसार नभएपछि निगमले टिकट दर घटाएको छ। टिकट दर घटाउँदा पनि बिक्री नभएपछि असारमा तोकिएको समयमा सम्भव नभएपछि भदौ १२ देखि उडान गर्ने सेड्युल तय गरिएको छ। तर, यसमा पनि जापानको ओसाका उडान हुने कुनै निश्चित नभएको मन्त्रालयको दाबी छ।

१९९४ मा सुरु भएको काठमाडौं–ओसाका उडान २००७ देखि बन्द भएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सम्बन्धित समाचार
पाँच महिनादेखि नेपाल एयरलाइन्सको बोइङ ग्राउन्डेड, १६० दिनमा ३५ दिन मात्रै उड्यो वाई–१२

नेपाल एयरलाइन्सको दिल्ली उडानमा हेलचेक्र्याइँ, 'पार्किङ वे'मा गर्नुपर्ने काम 'ट्याक्सी वे'मा

नेपाल एयरलाइन्समा बेथिति : ५५ दिनदेखि बोइङ, ४१ दिनदेखि वाई–१२ जहाज ग्राउन्डेड

नेपाल एयरलाइन्समा अध्यक्ष खरेलको मनपरी, ४ चिनियाँ वाई-१२ जहाज महिना दिनदेखि ग्राउन्डेड

 

 

प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  १६:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्