• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

मेलम्चीपछिको दोस्रो ठूलो खानेपानी आयोजना निर्माण सुरु, पोखराका ४ लाख जनता लाभान्वित हुने

64x64
नेपाल लाइभ बुधबार, जेठ २९, २०७६  ०८:४२
1140x725

काठमाडौं- नेपाल सरकारको ऋण लगानी र जापान सरकारको अनुदान सहयोगमा पोखरामा देशकै दोस्रो ठूलो खानेपानी सुधार विस्तार आयोजना सुरु भएको छ।

खानेपानी क्षेत्रमा देशमा सञ्चालित मेलम्चीपछिको दोस्रो ठूलो आयोजनाको रुपमा लिइएको खानेपानी संस्थानअन्तर्गत सञ्चालन हुने सो आयोजनाअन्तर्गत पोखराबाट १२ किमीको दूरीमा रहेको मर्दी खोलाको मुहानबाट ल्याइएको पानी प्रशोधन गरी शुद्धीकरण गरेर पिउन योग्य बनाउने लक्ष्य राखिएको छ।

सो प्रयोजनका लागि पानी प्रशोधन केन्द्र निर्माण तथा २ हजार घनमिटर क्षमताका ३ वटा ट्याङकी निर्माण गरी नगरका विभिन्न क्षेत्रमा पाइप लाइनमार्फत विस्तार गर्ने योजना रहेको छ। आयोजनाको पोखरा महानगरपालिका–१९ पुरुनचौरमा मंगलबार आयोजित एक कार्यक्रमबीच सङ्घीय सरकारकी खानेपानीमन्त्री बिना मगरले शिलान्यास गरिन्।

कार्यक्रममा मन्त्री मगरले खानेपानी जनताको मौलिक अधिकारको रुपमा संविधानमा व्यवस्था भएबमोजिम देशका सबै जनतालाई प्रशोधित शुद्ध पिउने पानीको प्रबन्ध गर्न सरकार प्रतिबद्ध रहेको बताइन्।

दूषित पानीको कारणबाट नै मानिसमा विभिन्न प्रकारका रोगहरु लाग्ने गरेको र शुद्ध खानेपानीको प्रबन्ध गर्न सके रोगबाट समेत बचाउन सकिने र मृत्युदर पनि घट्ने बताउँदै उनले भनिन्, 'आम जनतालाई शुद्ध खानेपानी पुर्‍याउने गरी सरकार योजनाबद्ध हिसाबले अघि बढेको छ, आगामी वर्षको बजेटमा पनि त्यसलाई प्राथमिकतामा राखेका छौँ।'

मन्त्री मगरले सङ्घ, प्रदेश र स्थानीय तह गरी तीनै तहका सरकारबीच खानेपानी तथा सरसफाइको क्षेत्रमा समन्वय गरी कुन स्तरको आयोजना कसले सञ्चालन गर्ने भन्ने बारेमा समेत आयोजनाको वर्गीकरण गरिने बताइन्। खानेपानी सुधार तथा विस्तार आयोजना अहिलेसम्मकै महत्वपूर्ण आयोजना रहेकाले ढिलासुस्ती नगरी जनताको अपेक्षाअनुसार समयमै काम सम्पन्न गर्न उनले आग्रह गरिन्।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले प्रदेश सरकारको पहिलो निर्णयनै दुई वर्षभित्रमा प्रत्येक जनताको घरमा धारा पुर्‍याउने रहेको बताउँदै खानेपानी विस्तार तथा शुद्धीकरण योजनाले लक्ष्य हासिल गर्न सघाउने जानकारी दिए। उनले आयोजना अघि बढाउने सन्दर्भमा आइपर्ने समस्यालाई सरकारले हल गर्ने प्रतिबद्धता व्यक्त गरे।

नेपालका लागि जापानका राजदूत मासामिची साइगोले जापान सरकार नेपाल र नेपाली जनतालाई नजिकबाट सहयोग गर्न सदैव तत्पर रहेको बताए।

Ncell 2
Ncell 2
nimb
nimb

प्रदेशसभा सदस्य रामजी बरालले खानेपानीको बाँधका कारण मुहान आसपासका जनता वर्षेनी डुबानबाट पीडित हुँदै आएको उल्लेख गर्दै जमिन कटान र बस्ती डुबानको समस्याबाट पीडित जनतालाई आयोजनाले सम्बोधन गर्नुपर्ने जिकिर गरे।

जापान सरकारको ४ अर्ब ८१ करोड ३० लाख अनुदान सहयोगमा सन् २०१७ को फेब्रुअरी १५ मा सो आयोजनाको सम्झौता भएको थियो। सन् २०२२ को अन्त्यसम्ममा निर्माण गरिसक्ने गरी खानेपानी सुधार आयोजना अघि बढाइको हो। हाल अप्रशोधित पानी वितरण हुँदै आएकोमा आयोजना निर्माण सम्पन्न भएपछि आयोजनाले समेटेको क्षेत्रमा २४ सै घण्टा गुणस्तरयुक्त प्रशोधित पानी वितरण हुने बताइएको छ।

आयोजना निर्माणपछि पाइपलाइनमा पानीको चापमा सुधार भई पानी चुहावट नियन्त्रण हुनुका साथै आपूर्तिमा सुधार हुँदा महानगरको १ देखि १९ वडाका ४ लाख ५ हजार ८ सय ८९ जनसङ्ख्या लाभान्वित हुने अपेक्षा संस्थानको छ।

पानी शुद्धीकरणका लागि मर्दी मुहानमा दैनिक ४ करोड लिटर क्षमताका बालुवा हटाउने ४ वटा ट्याङ्की निर्माण गर्ने, सोही क्षमताको ४ वटा पानी थिग्रयाउने ट्याङ्की तथा पोखरा–१९ पुरुनचौरमा ६ वटा पानी छान्ने फिल्टर, दुई वटा सफा पानी सङ्कलन गर्ने ट्याङ्की र क्लोरिनेसन प्लान्ट निर्माण गरिने खानेपानी संस्थानले जनाएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

खानेपानी भण्डारण गर्न २० लाख लिटर क्षमताका ३ वटा पानी ट्याङ्की पोखराको फूलबारी, पर्स्याङ र कोलपाटनमा निर्माण गरी त्यसमार्फत बजारका विभिन्न भागहरुमा वितरण गर्ने योजना बनाइएको छ। रासस

प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  ०८:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्