काठमाडौं- खानेपानीमन्त्री बिना मगरले धादिङ जिल्लाकाे ज्वालामूखी गाउँपालिकाकाे चैनपुरमा सम्पन्न भएकाे चैनपुर खानेपानी आयाेजना उद्घाटन गरेकी छन्।
साेमबार मन्त्री मगरले धादिङकाे सदरमुकाम धादिङबेसीबाट १९ किलाेमिटर उत्तरमा निर्माण सम्पन्न भएकाे खानेपानी आयाेजना उद्घाटन गरेकी हुन्। खानेपानी आयाेजना उद्घाटन गर्दै मन्त्री मगरले चैनपुरबासीले घण्टौं हिडेर खानेपानी ल्याउनुपर्ने बाध्यता अन्त्य भएकाे भन्दै खुसी व्यक्त गरेकी थिइन्।
आयाेजनाकाे उद्घाटन गर्दै मन्त्री मगरले भनिन्, हेर्दा सानाे देखिए पनि याे निकै रणनीतिक महत्व बाेकेकाे आयाेजना हाे। याे आयाेजना बन्नुपूर्व यहाँका महिलाकाे प्रत्येक बिहान पानी बाेक्नमै बित्थ्याे। अब त्याे परिस्थितिकाे अन्त्य भएकाे छ। हामीले शुद्द पानी मात्र पाएका छैनौं, पानी बाेक्नकै लागि श्रम गर्नुपर्ने, बिहानभरिकाे समय खर्च गर्नुपर्ने बाध्यताकाे पनि अन्त्य गरेका छाैं।'
महिलाहरु घरायसी काममा मात्र अल्झिदा अन्य उत्पादनमूलक काममा समय दिन नभ्याएका उनले बताएकी थिइन्। 'याे बाध्यता मैले राम्राेसँग बुझेकी छु। तपाईहरुकाे समस्यालाई आफ्नै समस्या ठानेर काम गरिरहेकाे छु र गर्नेछु,' मन्त्री मगरले भनिन्, 'संविधानले खानेपानीलाई माैलिक हककाे रुपमा व्यवस्था गरेकाे छ। त्यसकाे कार्यान्वयनका लागि मन्त्रालय गम्भीर रुपमा लागिरहेकाे छ।'
विश्व बैंक र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड ) को आर्थिक सहयोगमा संचालित उक्त आयोजना सम्पन्न भएपछि करिब १ हजार जनसंख्या लाभान्वित हुने भएका छन्।
आयोजनामा ४ वटा इन्टेक, ६ वटा ट्याङकी, ४ ठाउँमा पम्प हाउस र २ ठाउँमा पानी वितरण केन्द्र छन् । यस आयोजना अन्तर्गत १ सय ६१ घरमा मिटर सहितको धारा जडान गरिएको छ ।
फाेकस नेपालकाे प्राविधिक सहयोगमा सम्पन्न भएकाे यो आयोजना वि.सं. २०७१ बाट प्रारम्भ भएकाे हो।
१ कराेड ३४ लाख ४२ हजार छत्तीस रुपैयाँको लागतमा सम्पन्न उक्त अायाेजनाबाट चैनपुरका १६१ घरधुरी लाभान्वित भएका छन्।
आयाेजनाले उत्तरी धादिङका हजाराैं नागरिक लाभान्वित भएकाे उपभोक्ता समितिका अध्यक्ष चन्द्रप्रसाद छत्खुलीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।