काठमाडौं- यसअघि तेश्रो मुलुकमा निर्यात गर्दा मात्र नगद अनुदान पाईने विभिन्न वस्तुलाई सरकारले छिमेकी मुलुक भारतमा निर्यात गर्दा पनि त्यस्तो सुविधा दिने भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव दिनेश भट्टराईका अनुसार सरकारले आन्तरिक उत्पादकत्वलाई जोड दिन तथा व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न सात वस्तुको निकासीमा नगद अनुदान दिने भएको हो।
निर्यातमा अनुदान पाईने वस्तुहरुमा प्रशोधित अलैची, प्रशोधित अदुवा, प्रशोधित बेसार, प्रशोधित मह, प्रशोधित सुठ्ठो, तरकारी र पुष्पबालीसँग सम्बन्धित वस्तु रहेका छन्।
साना तथा घरेलु उद्योग र त्यसक्षेत्रका व्यवसायीहरुले यस्ता वस्तु भारत निर्यातमा पनि नगद अनुदानको व्यवस्थाका लागि माग गर्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।