• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

कोटभन्दा कमसल सम्बन्धहरु

64x64
नेपाल लाइभ सोमबार, पुस ३, २०७४  १९:३१
1140x725

मंसिर २९ गतेको कुरा, एकजना केटीसाथीको विवाह पार्टीमा जानुपर्ने थियो। पार्टीमा निम्तालु पाहुनाका लागि कुनै ‘ड्रेस कोड’ थिएन। तर, यस्तो पार्टीमा जाँदा सकेसम्म कोट लगाएरै गएको राम्रो भन्ने दिमागमा यसै परेको छ वा चालचलनले पारिदिएको छ। 

आफूसँग भएका तीन वटा कोटमध्ये सबभन्दा कम मैलो छानेँ। खैरो थियो कोट, मैलो भए पनि हत्तपत्त नदेखिने। त्यही लगाएर अफिस आएँ, बेलुकी ती साथीको रिसेप्सन पार्टीको निम्तो त्यतैबाट मान्ने योजना अनुसार।

अफिस पुगेपछि केही पुराना सम्झना कम्युटरबाट हार्डडिस्कमा सुरक्षित राख्ने योजना बनाएको थिएँ। आफ्ना तस्बिर र अन्य केही डकुमेन्टले अफिसको कम्प्युटरको ‘डी ड्राइभ’ लगभग भरिएको देखाएपछि यसको व्यवस्थापन अघिल्लै दिनदेखि थालेको थिएँ। हार्डडिस्कमा सार्दा काम नलाग्ने फाइल, तस्बिर र डकुमेन्टलाई त्यहीँबाट बिदा गर्न थालेँ। यसै क्रममा एउटा तस्बिर रहेको फोल्डर भेटियो, जहाँ कसैको विवाहमा सहभागी हुँदाको म थिएँ। अर्थात् मसँग त्यो विवाहित जोडी थियो। 

झन्डै दुई दर्जन तस्बिर थिए त्यहाँ। म मात्रै होइन, अन्य मेरा परिचितहरुले पनि त्यो जोडीसँग तस्बिर खिचाएका थिए। यसलाई सम्झनाका लागि राख्ने वा डिलिट गर्ने? दोधारमा परेँ। झन्डै १० मिनेट अनिर्णयको बन्दी भएपछि आफैंसँग रिस उठ्यो, सानातिना कुरामा अल्झिन्छु भनेर। 

त्यसरी अल्झिनुको कारण थियो, जसको विवाहमा तीन वर्षअघि त्यो तस्बिर खिचाएको थिएँ, उनीहरुको तीन हप्ताअघि मात्रै डिभोर्स भइसकेको थियो। तपाईं भनिदिनुहोस्, डिभोर्स भइसकेको जोडीको विवाहको तस्बिर ‘सम्झना’का लागि सँगाल्न लायक हुन्छ कि हुँदैन? म यो घनचक्करबाट अझै बाहिर निस्किन सकेको छैन। ती तस्बिर न हार्डडिस्कमै सारेँ, न त कम्युटरबाट डिलिट गर्नै सकेँ।

उनीहरुको डिभोर्स भए पनि मैले त्यो तस्बिर नियालेर हेरेँ। जहाँ मसहित केही चर्चित नेपाली सेलिब्रिटी लहरमा उभिएका थियौं। नवदम्पतीलाई शुभकामना दिँदै थियौं। अर्थात् त्यो विवाह पनि सेलिब्रिटीकै थियो। तस्बिर नियालेर हेर्दा पो चाल पाएँ, त्यो दिन लगाएको कोट नै आज मेरो रोजाइमा परेको रहेछ। 

आफैंले लगाएको कोट राम्रोसँग नियालेर हेरेँ– धुँदा जाने मैलो मात्रै लागेको छ, तर कतै फाटेको छैन। मनमा झ्वाट्ट प्रश्नको फोका उठ्यो– आजकल सम्बन्धहरु कोटको कपडाभन्दा कमसल बन्न थालेका हुन् र? किनभने उसैको विवाहभन्दा ठीक अगाडि त किनेको थिएँ यो कोट। जुन दुरुस्तै छ। आज अर्को साथीको विवाह पार्टीमा पनि यही कोटले काम गर्दै छ। तर, जसको विवाहका लागि यो कोट किनियो, उसको विवाह एकादेशको कथा भइसक्यो।

झलझली याद आयो तीन वर्षअघिको त्यो दिन। जुन दिन सुन्धारास्थित सिभिल मलको क्याफ्टेरियाको बार्दलीमा बसेर त्यो जोडीले आफूहरु चाँडै विवाह गर्न लागेको खुसी मसँग साटेको थियो। केटीसाथीले मलाई एक साथीका रुपमा आफ्नो रोजाइबारे सेयर गर्दा एक पत्रकारका रुपमा मैले सानोतिनो ‘ब्रेकिङ न्युज’ पनि भेटेको थिएँ। त्यसबेला शुक्रवार साप्ताहिकमा कला संवाददाताका रुपमा काम जो गरिरहेको थिएँ। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यही बसाइँमा मैले उनीहरुसँग ‘प्रेम संवाद’ गरेँ। उनीहरुले फेसबुक मार्फत चिनापर्ची भएकोदेखि सँगै जिउने–मर्ने कसम खाएको कुरासम्मको खुलाएका थिए। मैले धेरै महिला कलाकारको करिअर विवाहपछि धरापमा परेको देखेको थिएँ। त्यसैले त्यो संवादको अन्तिम प्रश्न करिअरकै विषयमा थियो। उनीहरु दुवैले करिअर र सम्बन्धलाई सँगै उचाइमा पुर्‍याउने योजना सुनाएका थिए। 

त्यहाँबाट निस्किँदै गर्दा मसँग खुसी हुनुका दुई कारण थिए, एउटा मेरी साथीले मन बुझ्ने जीवनसाथी पाएकोमा। अर्को, मैले माथि नै उल्लेख गरिसकेँ, एउटा समाचार भेटेको थिएँ। 

अरुले जस्तै उनले विवाहपछि करिअरलाई पूर्णविराम लगाइनन्। सफलताको ग्राफ उक्लिरहेको थियो। यो देख्दा एउटा शुभचिन्तकका रुपमा म पनि खुसी थिएँ। तर, केही दिनअघि मात्रै एकाएक वैवाहिक जीवनमा पूर्णविराम लागेको खबर आयो। 

खबर सुनेर अवाक् भएँ म। तर, अनौठो भने लागेन। किनभने कला क्षेत्रमा जो महिला करिअरमा सफल छन्, ती वैवाहिक सम्बन्धमा लगभग असफल छन्। निकै कम मात्रै छन्, जसको करिअर र सम्बन्ध दुवै सुमधुर चलिरहेको छ। अहिलेका केही चर्चित गायिका वा नायिकाहरुको नाम सम्झिनुहोस् त! कि उनीहरुको वैवाहिक सम्बन्धमा दरार देख्नुहुन्छ कि आम नेपालीले विवाह गर्ने उमेर घर्किँदा पनि विवाह नगरेको पाउनुहुन्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसका दोषी को हुन्? एकाध अपवाद छाड्ने हो भने सम्बन्ध टुक्रिनुका कारण मलाई चाहिँ हामी पुरुष हौं भन्ने लाग्छ। हामी एउटा पिता भएर सोच्दा आफ्नी छोरी आत्मनिर्भर भएको हेर्न चाहन्छौं। श्रीमान् भएर हेर्दा चाहिँ पत्नी पतिप्रति निर्भर र सहनशीला होस् भन्ने सोच्छौं। सामाजिक रुपान्तरणकै क्रममा रहेको नेपाली समाज दोहोरो आदर्श बाँचिरहेको छ। भित्रभित्रै पृतिसत्तात्मक सोच जरा गाडेर बसेको छ भने बाहिर आदर्शका लागि महिलालाई पुरुषसरह मान्ने नौटंकी चलिरहेको छ। 

कला क्षेत्र देखिने ठाउँ हो। सेलिब्रिटी चर्चित हुने भएकाले उनीहरुका दाम्पत्य जीवनबारे सबैले थाहा पाएका हुन्। फरक यत्ति होला, अरु सहेर बस्छन् तर उनीहरु आत्मनिर्भर पनि हुने भएकाले एक्लिएर स्वतन्त्रतापूर्वक नै बाँच्न रुचाउँछन्।

यसलाई स्पष्ट रुपमा बुझ्न भर्खरै सार्वजनिक एउटा तथ्यांक हेर्नु उपयुक्त होला। हालै प्रकाशित ‘नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६’ मा आयआर्जन गर्ने महिलाहरु नकमाउनेभन्दा बढी हिंसाका सिकार हुने देखिएको छ।  उक्त सर्वेक्षण अनुसार २८ दशमलब २ प्रतिशत जागिरे महिला हिंसा प्रभावित छन्। जबकि कुनै काम नगर्ने १६ दशमलब ५ प्रतिशत महिला मात्रै हिंसाको सिकार भएका छन्। 

कमाउने महिला विरुद्ध हिंसा बढी किन हुँदो हो? माथि नै उल्लेख गरिसकेँ मैले। हामी दोहोरो चरित्र लिएर बाँचिरहेका छौं।

र, फेरि त्यही कोटको कुरा गरौं। जुन लगाएर म फेरि एउटी साथीको विवाहमा जाँदै थिएँ। म गइनँ। किनभने मानवीय सम्बन्ध आफूभन्दा कमसल हुन्छन् भनेर कोटलाई फेरि साक्षी बनाउन मन लागेन।

यो पनि पढ्नुहोस्-
एक नेपाली हिरोइनको #metoo : हाम्रो चरित्रमाथि किन चोरऔंला?
रियल गुन्डाको हिरो अवतार
अनि एनआरएन नरोजेर के गर्नु?

प्रकाशित मिति: सोमबार, पुस ३, २०७४  १९:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालबाट बाहिरियो मनसुन
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
सम्बन्धित सामग्री
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि हो ची मिन्ह सिटीमा हजारौँ मानिस सडकमा भेला भएर राष्ट्रिय झण्डाले ढाकिएका कफिनसहितको अन्तिम यात्रामा सहभागी भएका थिए । कतिपयले सेता फ... बुधबार, असोज २८, २०८३
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु स्थानीय बासिन्दाहरू भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा गएराति दुर्घटना भएको हो। भगतान टोलअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको मा... बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण साउदी अरबको पूर्वी प्रान्तमा रहेको विश्वकै ठूलो तेल कम्पनीमध्ये एक अरामकोको प्रशासनिक भवनमा मंगलबार आक्रमण हुँदा सीमित आगलागी भएको छ... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्